Sunday, August 30, 2020

आखिर त्यै मनमा छुरी धसेर गयौ !!

 नजर हुँदै मनमा बास बसेर गयौ 
आखिर त्यै मनमा छुरी धसेर गयौ !!

निकै छटपट भो छाती थिचे जस्तो 
भनन बिन्ती कुन डोरी कसेर गयौ !!

घोच्नु रहेछ र पो मुटुको गहिराईमा 
हिजो सीयोमा धागो झैँ पसेर गयौ !!

टांस्सिएकि थियौ सालका खोटो झैँ 
के ले पगाल्यो कुन्नी खै खसेर गयौ !!

कोमल फूल सम्झेको थिएँ मैले तर 
फूलको जरामा बस्ने नाग डसेर गयौ!! 

निकै कमजोर भैछस् ए आफन्त! भन्छन्

पिउंदिन भन्दाभन्दै, कलेजी जलाई सकेछ 

प्यास उसैले मेट्थ्यो, शरीर ढलाई सकेछ !!


बहाना अनेकौं चाहना पनि, अनेकौं थिए 

बुझ्दैछु हाम्रै सम्बन्ध, आज गलाई सकेछ !! 


न कसैले सिकायो, न त सिक्न नै पर्‍यो 

आमा भन्दै हुनुहुन्थ्यो, नयाँं सलाई सकेछ !!


टिल्पिलाएका त थिए, आँखाका डिलहरु 

झरेछन् परेली हुँदै, बलेंशी तलाई सकेछ !!


निकै कमजोर भैछस् ए आफन्त! भन्छन्

अदृष्‍य त्यै मायाले, आखिर मलाई सकेछ !!

 


Saturday, August 29, 2020

एक फरक सैलीको फजल

 
आउसके सम्बाद नसके, बादबिबाद नै सहि 
जवानी सदुपयोग गरौं, नभए बर्बाद नै सहि !!

थाहा पायौ सानु! ढल्किसक्यो गूलाबी यौवन  
सरकार आफ्नै खुल्लेआम जिन्दाबाद नै सहि !!

'सीता'लाई त अङ्गेनामा, धकेलेका थिएनी है 
लडौंला समाजसङ्ग, कम्जोर प्रतिबाद नै सहि !!

तगारो लाग्छ, औंला उठ्लान्, राजनीति छिर्ला 
नारा लगाऔंला, साला दुनियाँ मुर्दाबाद नै सहि  !! 

जिते छँदैछ, यही दुनियाँमा शासन चलाऔँला 
हारे के भो र? सङ्गै छौं दुबै, पश्चाताप नै सहि !!

song सलसल बग्ने नदिहरु, कलकल बग्ने खोली

मधुर लाग्छन् रातहरु, जुनेली हराए झैँ
बाँसका झ्याङ्गमा बस्ने, जुरेली हराए झैँ ।।  

रङ्ग उँडे मुहारबाट, सृङ्गार फिकाफिका  
कांपेका छन् ओठहरु, शुशेली हराए झैँ ।। 

चुंढि लगे गूलाब, झुटो माया लगाउनेले 
खल्लोखल्लो भो बगान, चमेली हराए झैँ ।। 

सलसल बग्ने नदिहरु, कलकल बग्ने खोली    
झर्झर झर्ने झरनाबाट, तरेली हराए झैँ ।। 

प्रहरप्रहर ब्युंझिरहने, कस्तोरोग लाग्यो ?
निंद उँडे आँखा'बाट, परेली हराए झैँ ।। 

Friday, August 28, 2020

बुझिनसक्नु पो छ साथी जिन्दगीका आवाजहरु

भन्छन् सुरुसुरुमा जिन्दगी प्यार प्यारमा बित्छन् 
र बिस्तारै त्यही जिन्दगी च्यार च्यारमा बित्छन्

युद्ध हुन्छ, शान्ती बिराम हुन्छ, सित युद्ध चल्छ 
कहिल्यै सकिन्न सितयुद्ध ङ्यार ङ्यारमा बित्छन् 

आखिर जिन्दगी नै हो सिनेमाका पटकथा जस्तै 
च्यातिएका ति पर्दाहरुमा झ्यार झ्यारमा बित्छन्

बुझिनसक्नु पो छ साथी जिन्दगीका आवाजहरु 
जीवन घाट पुग्नुअघि सम्म घ्यार घ्यारमा बित्छन्

Saturday, August 22, 2020

आफ्नै दुर्दशाको अनुभुति छैन, यो 'आफन्त' सङ्ग

 पानी छर्किंदै साथी बोल्छ, कि आज म मुर्छित छु रे 
किन फेरी अखबार लेख्छ, कि आज म चर्चित छु रे 

होश मै हुन्छु सदा, कदमहरु लर्बराएका मात्र हुन् 
मातले पो सुटुक्क भन्छ, कि आज म घ्रिणित छु रे   

लुकाएको छु प्यास मैले, लुकाएको छु, भोकहरु 
तैपनि अधरहरु बोल्दैछन्, कि आज म तृषित छु रे  

नढाँट ए दुनियाँ सधैं, थोरै समाज मैलेपनि पढेको छु 
मलाई एेनाले देखाउँछ, कि आज म लज्जित छु रे  

आफ्नै दुर्दशाको अनुभुति छैन, यो 'आफन्त' सङ्ग 
पराईले सुनाउँदै छन्, कि आज म 'दुखित' छु रे 

एक फरक दृष्‍टिकोण !! blog

एक पूर्ण जिन्दगीको कहानी, चितामाथिको लाशलाई सोध्नु 
अझै सक्नुहुन्छ भने त्यही धुवाँ, समाहित आकाशलाई सोध्नु 
विद्वान, दार्सनिक, पन्डितहरुको, छन् आआफ्नै परिभाषा यहाँ 
र पनि म भन्छु अझै, जिन्दगी केहो, मुर्दाघरको विश्वाशलाई सोध्नु ।। 
----------------------------------------------------------------------

कास चितामाथीको लासले जवाफ दिन्थ्यो भने सोध्ने थिएं, कि भन जिन्दगी के हो? भनेर। कास त्यो आकाश जहाँं त्यही चिताकै धुवाँ समाहित छन् एदी उ बोल्थ्यो भने सोध्ने थिएं, कि भन जीवनको स्वाद कस्तो छ? भनेर। तर यहाँ जजसले जिन्दगी भोगे ति सब निर्जिव भैसकेका छन्। कसरी विश्वाश गर्ने ति जिवित विद्वान, दार्शनिकहरुको लिखित जीवन र जिन्दगी प्रतिका दस्तावेजहरु? जिवितहरुले कसरी गर्न सक्लान् र खै,एकपूर्ण जिन्दगीको अनुभवहरु यहाँ। हो त्यसैले त हिजोआज जीवन या जिन्दगीका बारेमा केहीबुझ्न मन हुँदा आर्यघाटहरुमा रुमलिन मनलाग्छ। कतै ति धुवाँहरुमा केही ज्ञान भेटिन्छन् कि भनेर। कतै आधा डढेका मुढाहरुमा केही लेखिएका पो छन् कि भनेर। न कतै बागमतिमा बगाईएका खरानीका कणहरुमा जीवनकै परिभाषा भेटिन्छन् कि भनेर। न मलामिले बुझे जसले मुर्दालाई घाट सम्म पुर्याएर एक्लै फर्किए। कति सजिलै भनिदिन्छन् भन्नेहरु भन्न् त, कि जिन्दगी यो हो, त्यो हो भनेर। लोभ, डाह, इर्ष्या, रिष के हुन् के के ले थिचिएर थिलोथिलो भएको जिवित जिन्दगी जब लाश बन्छ अनि आश लाग्छ कि उसले पूर्णता पायो भनेर।    

कसम तिम्रो नै हुँं भन्थ्यो, बाटो भुलेछ क्यार


कसम तिम्रो नै हुँं भन्थ्यो, बाटो भुलेछ क्यार 
हिंड्नै छोड्यो यो बाटो, अन्त्यै फूलेछ क्यार !!
own click 2020

तिमी फूल म भँवरा, तिमी भँवरा म फूल भन्थ्यो 
कस्तो नशा पिएछ मोरोले, एक्लै झुलेछ क्यार !!

आउ घुमौं एकअर्काको हात समाई, सपना देखायो 
यादमा पनि आउंदैन काले, टाढै डुलेछ क्यारे  !!

खुला आकाश देखायो, जूनताराका सपना थुप्रै 
साँघुरिए रात अनि सपना, कतै खुलेछ क्यार !!

Friday, August 21, 2020

बनाऔं अब पिरामीड प्रेमका, उल्टो नै सहि

तिम्रा सपना सजाउने,, कति छन् थाहा छैन 
सांच्चै भनेको कम् कि, अति छन् थाहा छैन!! 

मैले त बिर्सिसकें, रातरात भर निदाउन पनि 
अनिदोका फाईदा कि, खति छन् थाहा छैन !!

तिम्रा बुझाईहरु, र मेरा अनुनय बिनयहरुको
भन'फासला' के कति, जति छन् थाहा छैन!! 

बनाऔं अब पिरामीड प्रेमका, उल्टो नै सहि    
बिचमा मौनताका कस्ता, गति छन् थाहा छैन!!

नजरले त आफ्नो बनाईसक्यो, तिमीलाई बुझ्यौ  
समर्पण छ कि चाहनामा, रती छन् थाहा छैन!!

Monday, August 17, 2020

के मान्नु लाज अब यहाँ, सबै नाङ्गिएका मात्र छन्

कहिले कानुन, कहिले धर्मको बजार लाग्छ
यो राजधानी हो साथी, दिनहुुँ हजार लाग्छ।।

अस्ति भनेकै थिएं, कालाकोटे ब्यापारी भए 
क्याबिनेट पछि प्रवक्ता, सुन्दा सुधार लाग्छ!!

देश कंगाल बनाए, चन्डाल महाराजाहरुले नै
आखिर अभागी त,  नेपाली कै निधार लाग्छ!!

के मान्नु लाज अब यहाँ, सबै नाङ्गिएका मात्र छन् 
सितल निवास पेटिकोट, बालुवाटार ईंजार लाग्छ !!

थियो नि थि न त, जबर्जस्त प्यार थियो

थियो नि थि न त, जबर्जस्त प्यार थियो 
केबल थियो त मेरो, उन्को ईन्कार थियो !!

सायद रुपको थियो, या त्यो गोरो पनको 
चिता सङ्गै जलाउनु पर्ने, अहंकारको थियो !!

घमण्ड गर्ने शिशिर, उखरमाउलो भो बर्षात   
र पनि सालिनतामा सधैं, उही बहार थियो !!

गाउँका शहर पसे, शहरलाई नै गाउँ बनाए  
थाहा छैन किन बदनाम, त्यही बजार थियो !!


Tuesday, August 11, 2020

song req edit more

 
मनका मन्दिरका 
ढोका खुलै राख्छु 
ईशारामा आउने भए
ईशारामै डाक्छु 
वल्लो डाली पल्लो डाली 
चरी बनी नजिस्काउ है 
एक आँखा बन्दगरी 
तारो बनाइ ताक्छु !!
जवानीले नेटो काट्ला 
अहिले तर्की हिंड्दा 
सायद मिर्मिरे ताराहरुले बिहानी माग्दै छन्
लाग्छ फेरीपनि जमिनले कुर्वानी माग्दै छन्
सुख्खा सुख्खा थिए ती आफन्तका ओठहरु 
देख्छु यहाँ गाउँका कुवाले पानी माग्दै छन् 
दाउ लगाउने पो कस्ले भोजपुरे सिरुपातेमा 
लिपु, टिस्टा, काङ्गडाले जवानी माग्दै छन्
नसल्बलाएका कहाँहुन् र कबिका कलमहरु 
ईतिहाँस-बिदहरु सुनौला कहानी माग्दै छन् 
---------
हर साँझहरु रङ्गिन अनि रात मातमा कट्छन्  
त्यसैले मेरा हरेक बिहानी पश्चातापमा कट्छन् 
कहिले खुशीका बहाना खोज्दै कहिले हांसोका  
भुल्दिन म कहिल्यै कैयौंदिन बर्बादमा कट्छन्
जिन्दगी कट्दैछ झुटका दबाईहरुको बजारमा 
कहिलेकाहीँ उसै भट्टिहरुका बिबादमा कट्छन्  
--------------
के भयो हटी नजरबाट, दिलमा घर बनायौ 
एक घर दुई घर, भन्दा-भन्दै शहर बनायौ  
मन र दिमागको केन्द्रमा, राजधानी घोषणा 
छाती प्रयोगशाला बनाई, मिठा जहर बनायौ ।। 

Sunday, August 9, 2020

गजल : नभै पनि नहुने यी, मातका सहाराहरु

नभै पनि नहुने यी, मातका सहाराहरु 
झुटा नै सहि मिठा, बातका सहाराहरु!!
 
भन्छन् फोहोर पानीले, आगो निभाउंछ 
कतै न कतै अझैछन्, घातका सहाराहरु!!


चोट पिडा घातहरु, साथी बनायो छातीले 
सहन सक्नेभो अब बज्र'पातका सहाराहरु!! 

भेटिन्नन् आजभोलि, हिजोअस्तिका सखी 
कहाँ पुगे होलान् है? रातका सहाराहरु !!

च्यातिए प्रेमपत्र उसै, तकिया बनेका थिए 
उबेलामा उसैका पनि, खातका सहाराहरु!! 

गजल :नभै पनि नहुने, मातका सहाराहरु

 चाहनै चाहनामा, अल्झिएको रहेछु 
अनेकौं बहानामा, अल्झिएको रहेछु !!


समयका रफ्तारमा, हराएँ म कतै 
ती मिठा तमन्नामा, अल्झिएको रहेछु!!

त्यसैले त गानामा, अल्झिएको रहेछु !!
उसै मयखानामा, अल्झिएको रहेछु!!

सुसुप्त भावनामा अल्झिएको रहेछु !!
सुकेका नदीले, सागर भेट्दैनन् रे 

लेख्न सकिन आफैं, आफ्नै 'उल्फतें'  
नभै पनि नहुने, मातका सहाराहरु 


Friday, August 7, 2020

जहर पिउँछ शहर, मेलम्ची नै प्याशी

हे!धरोधर्म, यी मन्दिरबाट राम हराए  
एस्तो लाग्छ, आकाशबाट घाम हराए।। 

 
जहर पिउँछ शहर, मेलम्ची नै प्याशी  
मुखमा लाउने माड छैन, जाम हराए ? 

कङ्गाल बने प्रजा, चन्डाल छ सरकार 
झनै कोरोनाले गर्दा, सारा काम हराए।। 

खेताला परे काम चोर, छिमेकीका साडु 
कता खोज्ने, मन्त्रालय बाटै दाम हराए ।।  

अस्तित्वका नारा लागे, खै त समानता 
विश्वाश गर्नु यहाँ, चिनाबाट नाम हराए  ।।  

Thursday, August 6, 2020

गाईजात्रा बिशेष

तँ भन्दा म पनि के कम, आईज जुधौँ साथी
जसले सक्छ उसले खान्छ, आईज कुदौं साथी!!

पालै पालो खाम्ला भनि, ढाई बर्ष नि बिताईस
त्यस्रो पार्टी निस्क्यो त्यस्लाई,आईज कुटौं साथी!!

तेरो भागमा मेलम्ची, मेरो भागमा सुकुम्बासी
अहिलेलाई मन बुझाउँदै, आईज लुटौं साथी !!

कहिले शिंह दरबारमा, कहिले बालुवाटारमा
हेर देखाउनलाई भएपनि, आईज जुटौं साथी !!

तेरा चल्ला तैं लैजा आईन्दा, मेरा चल्ला मै राख्छु
बिचारमा बिमती भो सल्लाहले, आईज फुटौं साथी !!

आखिर किन सरकारले, गरीब खेद्यो बरै



आखिर किन सरकारले, गरीब खेद्यो बरै 

केन्द्र तिर गरीबको, सरकार बन्यो भन्थे  
ब्युँझायो त्यै गरिबी, झुपडीमा राँको झोसी, 

यही हो र साम्यवाद? यही हो की गणतन्त्र 
सरकार कम्निस्टको? बसीआको बास खोसी, 

आखिर किन सरकारले, गरीब खेद्यो बरै 

चामल छैन सामल छैन,पोकापुन्तर बोकी 
कती धाउने बर्दिया र कती धाउने कोशी?

आखिर किन सरकारले, गरीब खेद्यो बरै 

च्यातिएकी तिम्रा झन्डा, बिर्सियौ कि नारा 
अझै पोस्छस सामन्ती नै, गरीबलाई सोशी 

आखिर किन सरकारले, गरीब खेद्यो बरै 

छनि छ न त सरकार, राजधानीमा छ

 

छनि छ न त सरकार, राजधानीमा छ
देख्नुहुन् स्वत सरकार, मानहानीमा छ।। 
 
कसले उठाउने, खिलापमा औंला यहाँ 
होनि यो हाम्रो सरकार, मनोमानीमा छ।। 

प्रबेश आज्ञाको ठप्पा, सजिलै दिन्छन्
पक्को मजबुत् सरकार, राहदानीमा छ।। 

बस्तिमा पुग्दैन चामल, न ओखती मुलो  
दसैंंदसैंं पो भो सरकार, राजखानीमा छ।।   

ढल्दैन अहिल्यै, टेका बलिया 'सरकारका'
हो दुई तिहाईको सरकार, तामदानीमा छ 

Saturday, August 1, 2020

पठाउ प्रिया तिम्रो तस्बिर, गजल लेख्नेछु

पठाउ प्रिया तिम्रो तस्बिर, गजल लेख्नेछु  
तिमीले नै बुझ्ने गरी अती, सरल लेख्नेछु !!

बिझाउँदैनन् शब्दहरुले, सृङ्गारीक रसमा 
बग्नेछन् हरेक शेरका भाव, तरल लेख्नेछु !!

लगायौ होला मेहन्दी हिजो, मेरै नाममा 
खराब पटक्कै हैन सानु, असल लेख्नेछु !!

न बिउ काड्न आयौ, न रोपार बनेर नै 
साउन पनि सकिनै लाग्यो, फसल लेख्नेछु !!

छाप्नेछु किताब गजलको, तिम्रै नाम राखी 
घर सामुन्ने देखिनेगरी पुस्तक-पसल लेख्नेछु !!

भन्छन्, जिन्दगी नबुझिने बातहरुको सङ्गालो हो रे

जून ताराले सजाएका, यी रात पनि एकान्त हुन्छन
निन्द्रा बिगार्ने नमिठा,, सपना झनै आक्रान्त हुन्छन् 

भन्छन्, जिन्दगी नबुझिने बातहरुको सङ्गालो हो रे 
थाहा छैन किन, हर कहानी यहाँ बियोगान्त हुन्छन् 

न छातीमा कुनै घाऊ, न मुटुमा केहीपिडा र पनि     
त्यसै त्यसै हिजोआज, ढुक'ढुकीहरु अशान्त हुन्छन्

सोध्न सक्दिन म, केही गल्ती नै पो भए कि हिजो 
हो हो, उनी सङ्गका हरेक पलहरु नितान्त हुन्छन्

बुझ्दैन यो आफन्त, किन लेखिए वाहवाहका लागि 
आखिर किन प्रेम नै, यो दुनियाँमा प्रयोगान्त हुन्छन्

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...