Tuesday, March 25, 2014

गजल


देशको माया बोकी लाग्यौ बिदेश तिर
मनको आशु छोपी लाग्यौ बिदेश तिर

कोही पढ्न बिदेश,कोही त छाप्छु भन्दै
ब्याजको ऋण थापी भाग्यौ बिदेश तिर

सुनको चरो नोट कै रुख भन्ने सुनेर
पढेको फ्याकी कापी जाग्यौ बिदेश तिर

कतै केही कतै कस्तो देश्देशको कानुन
सुकेको छाती नापी नाग्यौ बिदेश तिर

हरायो शिर सगरमाथा कता गए गोर्खे
नेपाली हात थापी, माग्यौ बिदेश तिर



गजल

बिरक्त

खै के गर्ने हुन यीनले, सधैं चर्का चर्की
सन्सद होकी युद्द भुमी सधैं झर्का झर्की

एउटा टेबल ठोक्ने, अर्को झिक्ने बखेडा
भाग भोग भत्ता सत्ता सधैं मर्का मर्की

एउटै कसम बाचा एउटै, काम एउटै भने
सहमत भन्ने कतै छैन, सधैं कर्का कर्की

धर्म जात भन्दै फोर्यौ, तिम्रो के गयो र
त्यही भएर गार्हो पर्‍यो, सधैं तर्का तर्की

आशागर्नु गल्ती होकी कैले दिन्छौ कानुन
किन गर्छौ औलो ठड्याइ सधैं थर्का थर्की

तांका , हाइकु सिक्दै

१ 
मोहले मार्यो 
नजरले बाधेर 
मायाको गीत 
२ 
धन देखेर 
मन कुमारी आई
ज्यानै फालेर 
३ 
ऋण काटेर 
पि आर पर्खाइमा 
स्वदेश माया 
धुवा नै धुवा 
के जलेछ खै आज 
साथी हरायो 
हाइकु सिक्दै 
रिसानी माफ है त 
केबल पाच 

Monday, March 24, 2014

गजल





धार फरक तरवारको कटाइ कस्तो कस्तो
हार फरक दरवारको खटाइ कस्तो कस्तो

आँफै चोर आँफै पुलिस कानुन उनकै हातमा
मार फरक घरबारको घटाइ कस्तो कस्तो

त्यही घट्नलाई बन्दभन्दै आगो तापे शहरको
टार फरक कारबारको फटाइ कस्तो कस्तो

शिह उस्तै बाघ उस्तै माथि पुगे बिरालो उस्तै
कार फरक बारबारको सटाइ कस्तो कस्तो

दाहिनेले खाए देब्रेले खाए झुकी झुकी खाए
खार फरक जनवारको चटाइ कस्तो कस्तो

हार - पन्क्ती
टार- टार्नु
कार-गाडी
खार-स्वाद
---------------------
श्रीभक्त पौडेल ¨आफन्त¨
रामपुर चितवन
हाल स्पेन

५ तांका र टिपन टापन


माया भन्छन
हवशको शिकार
बेकार आज
साँझमा ढोका बन्द
मायाकै नगरिमा
....................
सबैको चोला  
मरी जाने जीवन
हासेर बाच
तेरो मेरो के छ र
कि कसो साथीहरु ?
.......................
कसले भन्यो
कानुन बन्छ अरे
नेताको बोली
मलाई त लाग्दैन
तै पनि हेरुम है
......................
बनको राजा
एक छत्र रजाइ
कसले रोक्ने
बाठो खरायो कता
इनार भेटिएन
...............
बिरानो बस्ती
उनैको याद खाली
बिर्सन धौ भो
चिट्ठी चपेटा धेरै
आज जलाए साथी

मनको आगलाई बुझाउन बोत्तल फोर्दैछु म जुनको दागलाई मेटाउन, गजल कोर्दैछु म तनको आगलाई बुझाउन ओझल खोज्दैछु म मनको आगलाई सुझाउन बोत्तल खोज्दैछु म
.......................................................
सुटुक्क तिम्रो सपनीमा आउछु आज त चाडै निदाउ है कालु लुपुक्क तिम्रो कल्पनीमा छाउछु अब त चाडै निदाउ है कालु टोलाउछु एकछिन बोलाउछु सुस्तै नसुने गरी निदाउ है कालु  थुपुक्क तिम्रो ओछ्यौनीमा आउछु आज त चाडै निदाउ है कालु
.............................................................
चिनेर लाउ माया भन्छन निधारमा कस्को लेख्या छर बितेर जाला बैश भन्छन, दोधारमा कसले देख्या छर तिर्खा बेलाको मोही सोध, बैशको बेलामा मायालु अरे बितेर जाला जोवन त्यसै, मुहारमा कसले छेक्या छर
.....................
हुन्छ मात्र भन तिमी आधी बाटो लिन आम्ला जन्ती साथी अघी लाई साइ पाटो दिन आम्ला
..................................
कोल्टो फेरे मध्यरात रै´छ निदाउन सकिन ओल्टो फेरे झिस्मिसे रै´छ निदाउन सकिन उठी झ्यालबाट जुन पापी तारा निहाली रहे उज्यालो भए कै रैनछ निदाउन सकिन पिएकै थिए थोरै नशा मातले छाढिसक्यो परेला बन्द नै रैनछ निदाउन सकिन निस्पट बनाए खोली केही निदाउछुकी भनी कोल्टो फेरे निदै रैनछ, निदाउन सकिन बग्रेल्ती तनाव र उतार चडाव जिन्दगीका छातीमा निभे कै रैनछ निदाउन सकिन
पाप करायो धुरी बाट भन्छन मैले सुनिन
भाग्दैछु रातमा जाग्दैछु रातमा सक्छ्यौ देउ जवानी माग्दैछु रातमा
तिम्रै हो आफन्त लाग्दैछु रातमा उमेरको रापमा पाग्दैछु रातमा
21 minutes ago




नलेखु कि अब गजल खाली मायाका कुराहरु नगाउ कि गीत सरल जाली मायाका कुराहरु मन सँगै कलम चल्दा दुई,चार अक्षर कोरिरहे कबिता नै स्वदेश बल्दा फाली मायाका कुराहरु

Sunday, March 23, 2014

गजल




गजल

कोही बिर्सन पिए हिजो भएर दुखीमा पिए
सोध्दैछु आफुलाई आज कुन खुशीमा पिए

बाहाना धेरै छन मौषम होस् या साथी यहाँ
खोज्दै आफैलाई आज, कुन बेहोशिमा पिए

हल्का भन्दाभन्दै बोत्तल सँगै गोजी रित्तिएछ
रोज्दै मधुशाला आज, कुन मद्होशिमा पिए

प्यालामा पिलाउने छन नजरले पिलाउने छन
पोल्दै यो छाती आज कुन लीलाराशिमा पिए

उदाए अनी अस्ताए पनि जुन घाम आकाशमा
सोच्दै छु जुठो आज कुन प्यालाबाशिमा पिए

 









गजल



ताल हौ कि तलैया छुट्याउन सकिन आज
जुन हौ कि जुनेली छुट्याउन सकिन आज

निकैबेर टोलाइरहे, सुनौलो क्षितिज निहाल्दै
पर्ब हौ कि पर्वत, छुट्याउन सकिन आज

उड्न सकु चरी जस्तै, परी बनेर आकाशमा
दाग हौ कि देवाता, छुट्याउन सकिन आज

गजल अनी गीतमा तिमी, अक्षरहरुमा तिमी
भाव हौ कि भावना, छुट्याउन सकिन आज

थाक्दैन ¨श्री¨बयान तिम्रो गरेर यो जगतमा
कथा हौ कि कबिता, छुट्याउन सकिन आज





गजल

गजल

अनुत्तरित छन प्रश्न परिभाषा जीवनको
अनगिन्ती छन जश्न अभिलाषा जीवनको

दोधारे तलवार भन्छन मिठो सपना भन्छन
अनबिज्ञ कै छन धस्न परिभाषा जीवनको

जिउन नजान्नेहरु, पिउनु पर्छ भन्छन यहाँ
असम्भवी नै छन कश्न परिभाषा जीवनको

लब्धान्क पत्रहरुमा, राता गोलहरु अत्याधिक
अनुत्त्रिण मै छन फश्न परिभाषा जीवनको

असहज लाग्छन पाइला असफल नहुँदा नहुँदै
अस्वाभाविक छन पश्न परिभाषा जीवनको

मार्च २३,२०१४
स्पेन

Friday, March 21, 2014

गीत

गीत

सुटुक्क तिम्रो सपनीमा आउछु आज त चाडै निदाउ है कालु
लुपुक्क तिम्रो कल्पनीमा छाउछु अब त चाडै निदाउ है कालु

टोलाउछु एकछिन बोलाउछु सुस्तै नसुने गरी निदाउ है कालु
थुपुक्क तिम्रो ओछ्यौनीमा आउछु आज त चाडै निदाउ है कालु  

हिजो त राती परेन नी निन्द्रा फोन गर्दै भोली नभने है कालु
घुप्लुक्क तिम्रो निदबनी आउछु आज त चाडै निदाउ है कालु

21 de marzo, 2014

Wednesday, March 19, 2014

गजल

गजल

झुट बोलेर बाच्छन आँफै घुटपिएर बाच्छन
लुटे भन्दै मायामा आँफै लुटिएर बाँच्छन

बदनामी को भयो जमाना नै बदनामी छ
छुटे भन्दै मायामा आँफै छुटिएर बाँच्छन

क्षणिक मोहको सागरमा डुबुल्की मारेर
चुटे भन्दै मायामा आँफै चुटिएर बाँच्छन

शिकार खेल्न नजान्नेले बनभित्र नपस्नु नी
भुटे भन्दै मायामा आँफै भुटिएर बाँच्छन  

केके नै हो माया आँफै छटपटिएर बाँच्दै
चोइटाए भन्दै मायामा आँफै चोइटिएर बाँच्छन


गजल

यहाँ रहर जलाउदै छन......

मन जलेको कुरा नगर यहाँ शहर जलाउदै छन
तिम्रा हाम्रा नानीहरुको, यहाँ रहर जलाउदै छन

कहिल्यै ननिभ्ने आगो सल्काई जहाँ मान्छेहरु
शुसेल्दै रमितामा हेर्दै, यहाँ शहर जलाउदै छन

किन सल्काउदै शहर आगो ताप्दै छन मान्छेहरु
मरभुमी मा युवा देह, यहाँ शहर जलाउदै छन

कस्तो रोष हो कुन्नी धुवामा सफलता देख्नेहरु
महङ्गिको बिरोध भन्दै यहाँ शहर जलाउदै छन

गुडेको हैन बस सडकमा रोकेको बस पार्क भित्र
छर्कदै ¨महङ्गो¨पेट्रोल, यहाँ शहर जलाउदै छन

श्रीभक्त पौडेल ¨आफन्त¨
चितवन रामपुर



आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...