Monday, August 5, 2019

यो देश देश नै होईन, चिहान लाग्दैछ ।

किन कि यहाँ 'जिन्दगी, मशान लाग्दैछ
केबल मृत्‍यु जिन्दगीको, निदान लाग्दैछ ।।

मुर्कुट्टाहरुको नै राज, भगवानको देशमा 
यो देश देश नै होईन, चिहान लाग्दैछ ।।

शंखघोस् गरुँ झैं लाग्छ, एक युद्धको
गोली र बारुद रातमा, शिरान लाग्दैछ ।।

लुटिए स्वतन्त्रता, स्वतन्त्रताकै नाममा आज
त्यसैले त जन्मभूमी पनि, बिरान लाग्दैछ ।।

निभाउँछन् आशाका दिया,निराशाका हुरीले
क्षितिजका सुभ सन्केतले, बिहान लाग्दैछ ।। 

मर्छु भो बाँच्दिन भन्दा यहाँ, पासो मिल्दैन ।।

कहिले आसुँ मिल्दैन कहिले, हाँसो मिल्दैन
मर्छु भो बाँच्दिन भन्दा यहाँ, पासो मिल्दैन ।।

न मुखमा राम, न देखिन्छन् मनका भगवान
झुटको साहारामा छ दुनियाँ, साँचो मिल्दैन ।।

भरिपूर्ण छन् सपनाका भकारी, रित्तो संसार
अभाबको बाढी पहिरो मात्र, खाँचो मिल्दैन ।।   

ब्रिद्धा आश्रम खोल्छ छोरो, परिवार चिन्दैन
पाकेको पकवानका के कुरा, काँचो मिल्दैन ।।

झिलमील् छन् शहर, रङ्गबिरङ्गी गुडियाहरु
आफन्तलाई दिने कुनै सानो, नासो मिल्दैन ।।   

Saturday, August 3, 2019

खै कस्तो नशा बन्यो, पिउँदै छु म

न कुनै पिउने बाहाना भेटियो आज 
न मनका एक चाहना मेटियो आज

खै कस्तो नशा बन्यो, पिउँदै छु म  
मात्र दकसमा, सकस फेटियो आज 

हुर्काउन सकिन मैले, प्रेमका बिरुवा 
त्यसैले प्रितका कोपिला रेटियो आज 

हलचल छ मन, चन्चल छ मन उसै 
हैन यो कस्तो जमिनमा टेकियो आज

बिर्सिएको थिएँ, भूलेको थिएँ उनलाई 
अहो एक्कासी उसैलाई देखियो आज 

प्रेमिल सम्मोहनमा नजरका मात प्यारो थियो ।।

कहिले उनका कुरा कहिले रात प्यारो थियो
प्रेमिल सम्मोहनमा नजरका मात प्यारो थियो ।।

लाज लाग्छ सम्झदा पनि हिजोका अतितहरु
कसिलो आलिङ्गनमा कोमल हात प्यारो थियो ।।

बिर्सिए पनि बिर्सीनसक्नु खै कस्तो मादकता
वहीँ मादकताभित्र हराएका बात प्यारो थियो ।।

फूलका डालीहरुमा पुतलीले डेरा जमाए नि
शुशेली चिप्लेटी खेल्न चोखो पात प्यारो थियो ।।

प्रतिक्ष्यामा दिन बित्थे साँझमा मनकी पाहुना
चारै प्रहर अनिदा र पनि साथ प्यारो थियो ।।

पुरानै डायरी बाट
fb posted 

Thursday, August 1, 2019

मुटु दुखेको थियो मलम पठायौ


मुटु दुखेको थियो मलम पठायौ
कविता लेख भनी कलम पठायौ

बुझ्नै सकिन तिम्रो मनलाई सायद्
कहिले घाऊ कहिले जलन पठायौ

अनबिज्ञ रहेछु पढ्न तिम्रा प्रेमपत्र 
शब्दहरु नै ठोस् र तरल पठायौ 

स्पर्श बिहिन प्रितका अनुभूतिहरुमा 
रमाउनु नै पर्ने कस्तो चलन पठायौ 

केही त बोल भनेको थिएं केबल 
मिठो ईशारामा यो गजल पठायौ

pic of FB friend 

यदी यो जिन्दगी,

यदी यो जिन्दगी, 
किताब हुन्थ्यो भने 
हरेक दिन प्रेमका पन्ना हुन्थे  
हरेकले आँफैलाई पढ्थे 
जिउने अनेकौं अभिलाषा 
मुस्कुराउने तमन्ना हुन्थे।। 

यदी यो जिन्दगी 
कविता हुन्थ्यो भने 
मिठो सागर मिठै भाब हुन्थे                                                                                          कल्पना आचार्य पौडेल
जीवनकै अनुभुति पिउंथे 
कविता त सिङ्गो आयाम 
मानब मानब बिच सद्धभाव हुन्थे।। 

यदी यो जिन्दगी 
मधुशाला हुन्थ्यो भने 
चौबिसै घन्टाका रात हुन्थे
जून तारा सदा आकाशमा  
हरेक सुकुनका प्रहरहरु
सत्य बचन मिठा बात हुन्थे।।

यदी यो जिन्दगी 
नशा हुन्थ्यो भने 
पलपलमा क्षणिक राहत हुन्थे 
खुशी हुनेका लाखौं बाहानाहरु 
जे जति हुन्थे सास्वत हुन्थे।।

यदी यो जिन्दगी 
नदी हुन्थ्यो भने 
हरेक बहाबमा सागर हुन्थे  
शिपी शिपी भित्रका मोतिहरु
त्यही मोति टिप्ने जागर हुन्थे।।     

------
उड्नेछु एकदिन तारा टिप्नेछु 
एकएक गरी म सारा टिप्नेछु ।। 

छोडेर यी लालाबाला गुँडमा 
धर्तिमा फलेका चारा टिप्नेछु ।। 

नदी बग्यो सागर भेट्न् उसै 

प्यासी छन् जग धारा टिप्नेछु ।। 



    


Tuesday, July 30, 2019

सजिलै बिक्री हुन्छन्, सरकारका सपनाहरु

सजिलै बिक्री हुन्छन्, सरकारका सपनाहरु
भयंकर लाग्दालाग्दै ती, अखबारका सपनाहरु

दोहन भै रहन्छन् वहिं, प्रजाका सब भरोशा
कपोकल्पित दस्तावेज, दरबारका सपनाहरु

सिमानामा जङ्गे रुन्छ, दसगजामा हाम्री चेली
भोटेताल्चा बन्द आरक्षण, गजबारका सपनाहरु

मदारीको तमसामा, बान्दर भालु एकैसाथ
ङिच्च बुढी हरीया दाँत, घरबारका सपनाहरु

सजिलै बिक्री हुन्छन्, सरकारका सपनाहरु
भन्न् छोड्दैन सरकार, दमदारका सपनाहरु

१४ साउन २०७६
मंगलबार
स्पेन    

Sunday, July 28, 2019

यौन गजल : चुस्ने मन छ



के छन् तिम्रा ओठ'भित्र, चुस्ने मन छ
चुस्दा'चुस्दै अझै भित्रभित्रै, घुस्ने मन छ!!

कामुक लाग्ने तिम्रा, मिठा सुस्केराहरु
मुखमा मुख तिखो जिब्रो, थुत्ने मन छ !!  

मात्तिएको भनेभन, टाँस्सिएर बस्ने रहर 
भिजे भिजोस तिम्रोकतै, पुछ्ने मन छ !!

उन्मुक्त देख्छु यौवनका, टाकुराहरु ती
भेटिन्छन् कि केही राज, लुछ्ने मन छ !!

नाबीमा केही बेर सुस्ताई, तल तल झरी  
स्वर्गिय आनन्द के हो त्यो, बुझ्ने मन छ !!

मनको कुनोमा घाऊ छ, लेख्नेलाई के थाहा

गजल 
------
मनको कुनोमा घाऊ छ, लेख्नेलाई के थाहा 
आँखाका सुन्दरता मात्र, देख्नेलाई के थाहा !!

लुकाउँछे बादल, पुर्णिमा कि जूनलाई पनि  
त्यही जुनेलीमा मेहंदी, सेक्नेलाई के थाहा !!

बिझाउंछ रे साउने हिलो, शहरकालाई खै 
प्रत्येक पाईलामा काँडा, टेक्नेलाई के थाहा !!

भेटिन्छन् मायालु, लाल बत्तिहरु मुनी जहाँ 
बान्नाको तगारो लगाई, छेक्नेलाई के थाहा !!

छोड्दे ए 'आफन्त',यी अक्षरमा दबै खोज्न
मनको कुनोमा घाऊ छ, लेख्नेलाई के थाहा !!

----
जिन्दगीमा प्रेम हुन्थ्यो भने, किन दुश्मन हुन्थे 
जतिबाच्छ जिन्दगी सबै, ती सुन्दर जोवन हुन्थे 

फूलका कालिनमा, फूलकै काँडा छर्किए पनि 
चाहे रक्तश्राब किन नहोस्, मिठा यौवन हुन्थे 

बेकारमा बन्धक बनायौ प्रेम, खुल्ला छाड्देउ 
जहाँँ जाऔं प्रेम नै प्रेम, एक मन दोमन् हुन्थे 


      

Wednesday, July 24, 2019

'सरकार' त जबर्दस्त, सोचे जस्तो छ साथी!

गजल

मेरो 'सरकार' त जबर्दस्त, सोचे जस्तो छ साथी 
थाहा छैन तेरो 'सरकार', कस्तो कस्तो छ साथी!

दम्ब छ उ सङ्ग कानुन गोजिमा, बन्दुक बोकिकन 
शिखरै नपुगी हेर तलतलतल, तलै खस्दो छ साथी!

हसाउंछ जन पेट मिचि-मिची, ताली पर्खन्छ उसै 
पुछ्दैन एेना परन्तु लालीपाउडर, घस्दो छ साथी !

रोग सोक भोक दुनियाँ, रातो बिच्छ्यौनामा टेक्दछ
छोड्दैन कहन सम्मृद्धीको पटुकी, कस्दो छ साथी !

ब्यभिचारी पुज्दछ, पुज्दछ बलत्कारी कठै!भ्रमित छ
प्रजा कहन्थे जनता रैति बनाई आज, डस्दो छ साथी!

मेरो 'सरकार' त जबर्दस्त, सोचे जस्तो छ साथी!!

श्रीभक्त पौडेल 'आफन्त'
रामपुर चितवन नेपाल   

Thursday, July 11, 2019

गजल

थाहाछैन साथी हो कि, यो साँझ प्यारो हो
खै ताज-महल हो कि,'मुम्ताज' प्यारो हो !!

डुब्नेहरु डुब्दै जान्छन्, 'मन'कै गहिराईमा
किनारामा अल्झनेलाई, त्यै माझ प्यारो हो!!

नजरका 'तीर' तिखा, ईशारामा गोलिचल्छ 
मन्द मन्द मुस्कानका, हो लाज प्यारो हो!!

चाहिदैन वाह् वाह्, मुशायरामा अबदेखि
'आफन्त'ले गुन'गुनाउदा, नाज प्यारो हो  !! 

नपिएरै 'नशा' चढ्छ, उनी नजिक हुँदा
बुझ्दैछु म नशा सँगै, त्यो राज प्यारो हो !!

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...