Tuesday, March 17, 2020

दुबै तर्फ सल्किएको जवानीको माग पनि

उनले भन्छिन् तिमीले मलाई पागल बनायौ
म त् भन्छु तिमीले मलाई पागल बनायौ
थाहा छैन कसले कसलाई पागल बनायो
सुन्दरतामा कसी थप्ने कसले कालो गाजल बनायो

दोस थियो आकर्शणको समयको माग पनि
दुबै तर्फ सल्किएको जवानीको माग पनि

उनले सोध्छिन त्यो चन्द्रमामा कसले दाग बनायो
पिरतीको फूलफूल्ने नौलो नौलो बाग बनायो

जती भए अती भए थाहा छैन कति भए
सायद् हाम्रो यही चाहको रापले बादल बनायो   

उनले भन्छिन् तिमीले मलाई पागल बनायौ
म त् भन्छु तिमीले मलाई पागल बनायौ 

परैबाट उनको घरको धुरी देखेपछी

धोका दिन्न भन्नेले नै छुरी रोपेपछी
झस्किरहन्छु अझैपनि चुरी बजेपछी
घरीघरी आजपनि ब्यर्थै दुख्छ यो मन
परैबाट उनको घरको धुरी देखेपछी

त्यो नजरले यो नजरको प्रित बुझेपछी 
मज्जा आउन्छ सावनमा सङ्गै रुझेपछी
चाहिंदैन छातास्याखु अझै बर्सी बादल 
आगो बल्छ पानी भित्र आँखा जुधेपछी

शन्काको घेराभित्र अबिश्वासको घर बनाई
मुटुभित्र छु भन्नेले आकाशभन्दा पर बनाइ

धोका दिन्न भन्नेले नै छुरी रोपेपछी
झस्किरहन्छु अझैपनि चुरी बजेपछी

*

कोरोनाले बन्दी बनाएका पल

पात पातमा प्रेम पत्र

कल्पनामा घोत्लिएर लेखिएका गीत होइनन्
त्यो जवानीमा लोभिएर लगाईएका प्रित होइनन्

यादहरुका मसी भित्र सम्झनाका कलम चोबी
दु:ख पर्दा टाढा भाग्ने ति मनका मित होइनन्

पात पातमा प्रेम पत्र भावनाका कोरा कागज
धन दौलतलाई अङ्गाल्दैमा ति प्रेमका जित होइनन्

फेब्रुवरी २०२० पाम्प्लोना 

Saturday, December 28, 2019

"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी",

आज म मेरो आफ्नै अन्तरमनमा
एउटा कविता खोज्दैछु
कविताका इलिमेन्ट्स खोज्दैछु
थोरै कन्टेन्ट्स खोज्दैछु
केही सेन्टिमेन्ट्स खोज्दैछु
वास्तवमा एउटा पूर्णत कविता खोज्दैछु।
अन्तरघातका कविता लेखिए
विश्वाशघातका कविता लेखिए
आखिर के नै लेखिन बाँकी छन् र?
कविताहरुमा
राजनीति बेथितीका लेखिए
इतिहाँसका उपहास लेखिए
चाँदनी र दोधाराका गीत लेखिए
बलात्‍कृत निर्मलाका पनि त कविता लेखिए
तर खै न्यायका कविताहरु?
कृष्णप्रसाद अनि गोबिन्द के सीका पनि त लेखिए
कविताहरु तर खै
खै अन्याय माथि न्यायका बिजयका कविताहरु?
र पनि म भित्रको शुक्ष्म कवि आज
आँफै भित्र कविता खोज्दैछ
जुन कविताहरु
अनन्त अनन्त सम्म लेखिएका छैनन् ।।
न् कार्ल मार्क्सले लेखे
न शेक्स्पियर ले नै
न् निकोलाई ले लेखे
न गोर्किले नै ।।
कर्णाली नपुग्दै कैयौं तेल नुनका बोराहरु हराए
खेल्दैगरेका आङ्गनबाट आमाका छोराहरु हराए 
आखिर के हराएनन् र यहाँ?
सिमानाबाट जङ्गे हराए
शिन्हदरबार बाट जमिन हराए
लुम्बिनीबाट पात सहित पिपलका बोट हराए
लेकका खर्कहरुबाट भेँडी र गाई गोठ हराए ।।
यथार्थमा लाखौं कविता हराए
त्यसैले त आज म कविता खोज्दैछु
शसक्त कविताहरु
कि ति कविताहरुले
सामन्तबादका जरा उखेलिउन्
सामन्तीका महल हल्लिउन
हल्लिउन् दुस्ट छिमेकीका
अहमताहरुका पर्खाल नै
कुदृष्‍टिहरुमा फूलो पारुन।।
भन्छन् रबी नपुगेको ठाउँमा कवि पुग्छन्
तर खै लेखनाथ, भानु, मोती , समले
पाइला टेकेका भूमिमा रबी ??
खै भिमनिधीले शिलन्यास गरेका सिमानाहरु
खै देबकोटाले कोरेका कविताहरु
आखिर किन अबमुल्यन भैरहेका छन्
तिनै कविताहरु
जो शसक्त थिए।
अझै म म भित्रको कविता खोज्दैछु
जो तपाईं सङ्ग छ
"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी",
जय कविता जय कवि
राष्ट्रका कविहरुको सम्मान गरौं
कविताहरुको सम्मान गरौं ।।
---------------------------
प्रेमप्रकाश पौडेल
रामपुर चितवन ।।


     

Friday, December 27, 2019

दोबाटोमा भेट हुँदा 'सानु' भन्दा कसो होला

दोबाटोमा भेट हुँदा 'सानु' भन्दा कसो होला
हातमा छ मिठो केरा खानु भन्दा कसो होला !!

मनमा थियौ मेरो, सजाएको थिएं सपना सरी
त्यसैले त मनै देखी 'नानु. भन्दा कसो होला  !!

खै के दिउँ नासो आज, मूल्यवान केही छैन 
साथमा यै रातोगूलाब, लानु भन्दा कसो होला!!

आउमिली संसार बसाउँ, सिमलको त्यो रूखमा 
म भएँ ज्यामी माहुरी, 'रानु' भन्दा कसो होला !!

भो भो भो भाऊ नखाउ, बोलाउनु गल्ती भयो
बाटो छेकेकै छैन अब, जानु भन्दा कसो होला!!

 --------------------------------------------------
'भन्दा कसो होला' काफिया गुरु पोष्टराज चापागाइँ  

अन्ध्यारो त्यो गूफाभित्र, पस्दै पस्दै गएँ!!

नचाहँदा, नचाहँदै म, फस्दै फस्दै गएँ
अन्ध्यारो त्यो गूफाभित्र, पस्दै पस्दै गएँ!!

कमजोर थिए रसी, मायाको नाम लिँदै 
फूस्केलाकी भन्दै दरो, कस्दै कस्दै गएँ!!

फिका लागे भित्ता, बेरङ्ग आँखी झ्यालमा 
जवानीका,, रङ्गहरु जो, घस्दै घस्दै गएँ!!

शिखर भेटेँ कतै मैले, कतै भेटेँ कुवा पनि
शिखरको बाटो हुँदै तल, खस्दै खस्दै गएँ!! 

साथी भन्नु, त्यही एउटा, कालो नाग थियो
जेजे भेटेँ, त्यहाँ जिबजन्तु, डस्दै डस्दै गएँ!! 

धुवाँ यो छातीमा मडारीयो आगो त्यो'बनमा थियो !!

केही त थियो, हामी बिचमा, जो मनमा थियो
केही चाहना, भित्री अनुभूती, जो'वनमा थियो!!

छट'पटी थिए , भुट'भुटी, थिए  के'के थिए'थिए
धुवाँ छातीमा मडारीयो, आगो त्यो'बनमा थियो !!

अगाडी प्रेमका खाडल, पछाडी प्रेमकै आँधिबेहरी
फर्कने कि अघी बढ्ने,, अन्योलता दो'मनमा थियो !!

नफक्रिएर के भयो? गूलाब आखिर मायाको चिनो
धरो-धर्म कसम, त्यो भित्रीराज भने यौ'वनमा थियो !!

आजफेरी केहीपल, तिनै मिठा यादमा गुजारें मैले
ताजा भेटिए सबै यादहरु,, यो एक्लो'पनमा थियो !!

गजल/ आगो थियो समय, पानी पनि उहीं थियो

महशुस् आजका, बाफिला मातहरु जस्तै
पैलो 'पैलो प्रेमका,,, पहिला रातहरु जस्तै !!

कस्ता उन्माद थिए, भेटिदैनन् खै आज
कम्मल भित्रका,, रसिला बातहरु जस्तै !!

छुट्दैनन् अधर, न छुट्छन् दुई उदरहरु
कस्मकस् प्यारमा,, दरिला हातहरु जस्तै !!

अंध्यारोमा तिर चल्दा,, घाऊहरु मिठा
चाँदनी सहित,, चम्किला रातहरु जस्तै !!

आगो थियो समय, पानी पनि उहीं थियो
आगो र पानीकै,, कसिला साथहरु जस्तै !!

Monday, December 23, 2019

प्रेम पनि बैध अबैध देख्ने

न त मेरो थियो प्रस्ताव ,न त उनको थियो
जो जे थियो सम्झौता, घाम र जूनको थियो !

संघर्षका दिन हुन्थे मुस्कुराउँथे थकानहरु पनि
आफ्नै आँसु आफ्नै पशिना,स्वाद नुनको थियोे !

परदेशका 'जमिन', पाखुरी स्वदेशका नै हुन्थे 
निराशा चिर्दै जीउने प्रेरणा, बात गुनको थियो!

हेलाँभए ऐना चर्किए आँफै, दोष फ्रेमलाई दिएँ
जाने औषधि नजाने जहर,त्यो गुण चूनको थियो!                                           
थाहा भएन परिभाषा, जीवन अनि जिन्दगीको नै
प्रेम पनि बैध अबैध देख्ने,दृष्टिकोण घुनको थियो!

शिखर पुगेर ओर्लनु पर्छ, गहिराईबाट उत्रनु पर्छ
सास फुकेर माथि पुर्याइएको, अहम् बलूनको थियोे !

निजी औपचारिकतामा सिमित, प्रेम बन्धकमा पर्दा
दिन जल्ने रात खल्ने,गोधुली झिस्मिसे मिलनको थियो !

पार्वती डाङ्गी 
झापा, नेपाल

गीती गजल कसूर बिनै सजायको नजीर बसेछ

रित्तै आभाशहरु भीडमा पनि मेरा
सुस्तै आवाजहरु जीतमा पनि मेरा !!

निल्दैछ एकान्कीले खोक्रो बनाउदै 
उस्तै आकाशहरु रीतमा पनि मेरा !!

धोकाधडीले डेरा जमाए पछी झनै
लुक्दै विश्वाशहरु मीतमा पनि मेरा !!

कहिले भाब त कहिले मोह'भङ्गमा
मिच्दै अन्दाजहरु गीतमा पनि मेरा !!

कसूर बिनै सजायको नजीर बसेछ
झुक्दै मीठासहरु प्रितमा पनि मेरा !!

Friday, December 20, 2019

अनि बिस्तारै फूलहरु, कांडा हुँदै गए !!

नजिक सम्झिएकाहरु, टाढा हुँदै गए
र अन्जान सङ्गका प्रेम, गाढा हुँदै गए !!

उर्लेको बैंश, र खहरे उस्तै त भन्छन्
तर ढल्केको जवानी, तगडा हुँदै गए !!
 
बुझि नसक्नु रहेछ, ती रहस्य नै रहस्य
बिहानीको प्रित, साँझमा झगडा हुँदै गए !!

शायद भूलपनि भए होलान्,पक्कै तब
जब ईशारा नै हाम्रा, छाडा हुँदै गए !!

घोच्न थाले, कोमल कालिनहरुले पनि 
अनि बिस्तारै फूलहरु, कांडा हुँदै गए !! 

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...