Saturday, March 21, 2020

असहज मृत्‍यु

किन डराउंछौ
ए! मान्छेहरु हो मृत्‍युसङ्ग
कहिले पो जिवित थियौ र आज सम्म?
कहिले राजनीति दस्तावेजले थिचिएर मर्यौ
कहिले सपनैसपनाका महलले किचिएर मर्यौ
अनि मर्दै थियौ
आफ्नै अहन्कारहरुको ज्वालाले पनि
किन डराउंछौ
ए! मान्छेहरु हो मृत्‍युसङ्ग
कहिले अभाबले मर्यौ कहिले दवाबले मर्यौ
झनै महङ्गीले कहिले पो जिउँदो छाड्यो र?
सिमानामा मर्यौ,
उखुबारीमा मर्यौ
तेजाब पिएर मर्यौ
कहाँ मरेका थिएनौ र हिजोसम्म?
त्रीशुलिमा मरेनौ कि
भोटे कोशीमा मरेनौ?
बेनिमा मरेनौ कि बादरमुढेमा मरेनौ
शान्तीको लागि मर्यौ
क्रान्तिको लागि मर्यौ
अनि मर्यौ सामन्तिका लागि
खाडीका तापले मर्दैछौ
कतै पश्चतापले मर्दैछौ।
कहिले सहिद बनाएर मारे
कहिले कैद बनाएर मारे
भुकम्पका धक्काहरु बिर्स्यौ?
छोडेन मार्न पराकम्पनहरुले पनि
बेरोजगार, कालाबजारी यी त नमूना मात्रै हुन्
अदृष्‍य मृत्‍युहरु सङ्ग त कति लड्यौ लड्यौ 
नुन,सिटामोल, जीवनजल नपाएर त मर्यौ
भनेपछि
मृत्‍युलाई त कति पटक पछार्यौ पछार्यौ तिमीले
बिर्सिएर मात्र हो
हर दिन मरेर बाचेका यिनै पलहरु सम्झिय त
मर्न मार्न वाध्य बनाउने तिनै दलहरु सम्झिय त
थोरै माटो र पानीले जित्न सकिने
यस् मृत्‍यु सङ्ग पटक्कै नडराउ
बस्!
अलि असहज मृत्‍युले लखेटेको मात्र हो आज 
न आत्तिए मर्दैनौ भुसुनाले ल्याएका मृत्‍युले आज।। 

के बिज्ञान हार मानेकै हो त??

अघोषित युद्ध
न बम न गोला बारुत
न जैविक अस्त्र शस्त्र
र पनि युद्धकै आभाश
सुनशान छ शहर
शुनसान छन् राजमार्गहरु
आक्रान्त छन् मान्छेहरु
मौनता भित्रका कहरहरु
शक्ति सम्पन्न मूलूक पनि त्राहित्राही छ
बिस्फोट कतै छैनन् र पनि
धुवाँ धुवाँ छ शहर
मृत्‍युका गन्धले आँखा पोलिरहेका
छन्
अन्जान छन् मृत्‍यु आँफै
एकलकाटे छ मृत्‍यु अझै
आखिर कस्तो युद्ध हो यो?
के साच्चै बिज्ञान रोएरै बस्छ त अब ?
आज जाबो आँखाले देख्न नसकिने भुसुना सङ्ग
के बिज्ञान हार मानेकै हो त??

आजफेरी जिन्दगीले आस देखायो !!

झस्किए राहदानीमा आफ्नै, नाम देखेर
झुपडीमा मक्किसकेको त्यै, थाम देखेर!!

रहर अनि सपना त, पर्यावाची रहेछन्
आत्तिन्छु म खुशी खोज्नेको, लाम देखेर!!

भेटिन्छन् पूराना यारहरु पनि, उतै'उतै
उतै रोकिन्छन् पाईला मेरा, जाम देखेर !!

सोच्दा-सोच्दै, धेरै उचाइँमा पुगेको बेला
हाम्फालुँ झैं हुन्छ 'मन' कतै, ठाम देखेर !!

खै आजफेरी जिन्दगीले, आस देखायो !!
सागरमा डुब्दै गरेको त्यो,,, घाम देखेर !!
--------------------
चैत्र ७, २०७६
सान सेबस्टियन
स्पेन

Friday, March 20, 2020

छाडा गजल

उनका तस्बिर अघि कुनै मात मात रहेनन्
भिजाएन पानीले आज बर्षात बर्षात रहेनन्।।

सम्बन्ध त नग्न नै थियो केवल दुरीमा थियौं
जेजे भए नियमीत नै भए अकस्मात् भएनन्।।

ति छाडा शब्दावलीले सदैब सिमा नै नाघ्थे
लुकाउनु लाजमान्नु पर्ने कुनैबात बात रहेनन्।।

अङ्ग अङ्गका स्पर्श चरमउत्कर्षका मज्जाहरु
उज्यालोमै हुन्थ्यौं हरपल कुनैरात रात रहेनन्।।

भन्थ्यौं सुरुसुरुमा छ्या!छि! डराउनु पर्छ है
आखिर मिचिए सिमाना बर्बाद बर्बाद रहेनन्।।

Tuesday, March 17, 2020

टिपन टापन कोरनाले बन्दी बनाएको पल



हेर सडकमा युवा, जवानी खोज्दैछन्
प्यासी असार सावन्, पानी खोज्दैछन्

हराए रे कलम, ती कवी पत्रकारका
गुगल भित्रभित्रै पो, कहानी खोज्दैछन्

झुक्किएछन् जूनतारा, आफैँमा हराएर
जूनकिरीहरु आज, बिहानी खोज्दैछन्
-----------------------------------

सपनाका के कुरा, नयनमा निद छैनन् 
नटुटुन् त सम्बन्ध, मिलनमा गीत छैनन् 
हरकोही चाहन्छन्, जिन्दगीमा खुशी मात्र
उनलाई के थाहा, जीवनमा मित छैनन्, 
लेखेर हेर साथी, आँसुका मसी बग्दा 
नभन कहिल्यै अब, पिरतीमा रित छैनन् 
बिहानीका निशामा, यी सौन्दर्यताका लाली
     
हजुरका मुस्कानमा मर्नेहरु होलान्
l love you भन्न नडर्नेहरु होलान्   
एकनजर भएपनि हेरु मन्जरीलाई 
बाटै नपर्ने ओराली झर्नेहरु होलान्


केही चाहिदैन अरु आफ्नै तक्दिर सम्झिए पुग्छ
भेटिन्छ्न् ईश्वर टाढाका मन्दिर सम्झिए पुग्छ,                 
कोरिन्छन् मनका तराना हिजोआज त्यसै त्यसै,                       
त्यसका लागि हजुरकै एक तस्बिर सम्झिए पुग्छ।।

मायाका बिछौना अनि यादका सिरानी बनाई
निदाउ प्रिया मिठा सपनी सङ्गै बिहानी बनाई
मेरा त न रात आफ्ना, न दिन आफ्ना नै भए
आफन्ती ती सबै सधैं सधैंलाई बिरानी बनाई
भेटौंला कुनैदिन बिताउंला एकान्तमा दुईपल
सुनाउनेछु यी मेरा सारा कविता कहानी बनाई

उनका रातमा, मेरा सपनी भैदिए
रोजे जस्तै यहाँ हर बिपनी भैदिए।।
निस्कन्थे नौनी बिलाउनी खारिन्थे
उनैका नेती ठेकी मेरा मदनी भैदिए।।

तिम्रा ओठ मेरा ओठ टासिएको बेला,
के के भए दुबै छाती गासिएको बेला,
जतन गरेर राखेको यौवनका ति बाग
सम्झदा झनै खुशी ति मासिएको बेला

१६ बर्षमै बिहे भयो ......चल्ला हुर्की सके

एस्तै हुन्छ घरबारे सङ्ग
दिल बसेपछी
अप्ठेरो ठाउँमा पिरतीको
खिल बसेपछी

साइलेन्ट मोडमा मोबाइल
कहिले रात पर्ला
न ठोक्न न उप्काउन मिल्ने
किल बसेपछी

१६ बर्षमै बिहे भयो
चल्ला हुर्की सके
बच्चाउने कसोरी
यो मन लौन

घर आङ्गनीमा चिल बसे पछी
--------
पाम्प्लोना फेब्रुवेरी २०२०  

दुबै तर्फ सल्किएको जवानीको माग पनि

उनले भन्छिन् तिमीले मलाई पागल बनायौ
म त् भन्छु तिमीले मलाई पागल बनायौ
थाहा छैन कसले कसलाई पागल बनायो
सुन्दरतामा कसी थप्ने कसले कालो गाजल बनायो

दोस थियो आकर्शणको समयको माग पनि
दुबै तर्फ सल्किएको जवानीको माग पनि

उनले सोध्छिन त्यो चन्द्रमामा कसले दाग बनायो
पिरतीको फूलफूल्ने नौलो नौलो बाग बनायो

जती भए अती भए थाहा छैन कति भए
सायद् हाम्रो यही चाहको रापले बादल बनायो   

उनले भन्छिन् तिमीले मलाई पागल बनायौ
म त् भन्छु तिमीले मलाई पागल बनायौ 

परैबाट उनको घरको धुरी देखेपछी

धोका दिन्न भन्नेले नै छुरी रोपेपछी
झस्किरहन्छु अझैपनि चुरी बजेपछी
घरीघरी आजपनि ब्यर्थै दुख्छ यो मन
परैबाट उनको घरको धुरी देखेपछी

त्यो नजरले यो नजरको प्रित बुझेपछी 
मज्जा आउन्छ सावनमा सङ्गै रुझेपछी
चाहिंदैन छातास्याखु अझै बर्सी बादल 
आगो बल्छ पानी भित्र आँखा जुधेपछी

शन्काको घेराभित्र अबिश्वासको घर बनाई
मुटुभित्र छु भन्नेले आकाशभन्दा पर बनाइ

धोका दिन्न भन्नेले नै छुरी रोपेपछी
झस्किरहन्छु अझैपनि चुरी बजेपछी

*

कोरोनाले बन्दी बनाएका पल

पात पातमा प्रेम पत्र

कल्पनामा घोत्लिएर लेखिएका गीत होइनन्
त्यो जवानीमा लोभिएर लगाईएका प्रित होइनन्

यादहरुका मसी भित्र सम्झनाका कलम चोबी
दु:ख पर्दा टाढा भाग्ने ति मनका मित होइनन्

पात पातमा प्रेम पत्र भावनाका कोरा कागज
धन दौलतलाई अङ्गाल्दैमा ति प्रेमका जित होइनन्

फेब्रुवरी २०२० पाम्प्लोना 

Saturday, December 28, 2019

"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी",

आज म मेरो आफ्नै अन्तरमनमा
एउटा कविता खोज्दैछु
कविताका इलिमेन्ट्स खोज्दैछु
थोरै कन्टेन्ट्स खोज्दैछु
केही सेन्टिमेन्ट्स खोज्दैछु
वास्तवमा एउटा पूर्णत कविता खोज्दैछु।
अन्तरघातका कविता लेखिए
विश्वाशघातका कविता लेखिए
आखिर के नै लेखिन बाँकी छन् र?
कविताहरुमा
राजनीति बेथितीका लेखिए
इतिहाँसका उपहास लेखिए
चाँदनी र दोधाराका गीत लेखिए
बलात्‍कृत निर्मलाका पनि त कविता लेखिए
तर खै न्यायका कविताहरु?
कृष्णप्रसाद अनि गोबिन्द के सीका पनि त लेखिए
कविताहरु तर खै
खै अन्याय माथि न्यायका बिजयका कविताहरु?
र पनि म भित्रको शुक्ष्म कवि आज
आँफै भित्र कविता खोज्दैछ
जुन कविताहरु
अनन्त अनन्त सम्म लेखिएका छैनन् ।।
न् कार्ल मार्क्सले लेखे
न शेक्स्पियर ले नै
न् निकोलाई ले लेखे
न गोर्किले नै ।।
कर्णाली नपुग्दै कैयौं तेल नुनका बोराहरु हराए
खेल्दैगरेका आङ्गनबाट आमाका छोराहरु हराए 
आखिर के हराएनन् र यहाँ?
सिमानाबाट जङ्गे हराए
शिन्हदरबार बाट जमिन हराए
लुम्बिनीबाट पात सहित पिपलका बोट हराए
लेकका खर्कहरुबाट भेँडी र गाई गोठ हराए ।।
यथार्थमा लाखौं कविता हराए
त्यसैले त आज म कविता खोज्दैछु
शसक्त कविताहरु
कि ति कविताहरुले
सामन्तबादका जरा उखेलिउन्
सामन्तीका महल हल्लिउन
हल्लिउन् दुस्ट छिमेकीका
अहमताहरुका पर्खाल नै
कुदृष्‍टिहरुमा फूलो पारुन।।
भन्छन् रबी नपुगेको ठाउँमा कवि पुग्छन्
तर खै लेखनाथ, भानु, मोती , समले
पाइला टेकेका भूमिमा रबी ??
खै भिमनिधीले शिलन्यास गरेका सिमानाहरु
खै देबकोटाले कोरेका कविताहरु
आखिर किन अबमुल्यन भैरहेका छन्
तिनै कविताहरु
जो शसक्त थिए।
अझै म म भित्रको कविता खोज्दैछु
जो तपाईं सङ्ग छ
"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी",
जय कविता जय कवि
राष्ट्रका कविहरुको सम्मान गरौं
कविताहरुको सम्मान गरौं ।।
---------------------------
प्रेमप्रकाश पौडेल
रामपुर चितवन ।।


     

Friday, December 27, 2019

दोबाटोमा भेट हुँदा 'सानु' भन्दा कसो होला

दोबाटोमा भेट हुँदा 'सानु' भन्दा कसो होला
हातमा छ मिठो केरा खानु भन्दा कसो होला !!

मनमा थियौ मेरो, सजाएको थिएं सपना सरी
त्यसैले त मनै देखी 'नानु. भन्दा कसो होला  !!

खै के दिउँ नासो आज, मूल्यवान केही छैन 
साथमा यै रातोगूलाब, लानु भन्दा कसो होला!!

आउमिली संसार बसाउँ, सिमलको त्यो रूखमा 
म भएँ ज्यामी माहुरी, 'रानु' भन्दा कसो होला !!

भो भो भो भाऊ नखाउ, बोलाउनु गल्ती भयो
बाटो छेकेकै छैन अब, जानु भन्दा कसो होला!!

 --------------------------------------------------
'भन्दा कसो होला' काफिया गुरु पोष्टराज चापागाइँ  

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...