Wednesday, April 30, 2014

बयान तिम्रै रङ रुपको

चर्चा चल्छ सधैं चन्द्रमा कै किन चल्थ्यो यो धुपको
हर जम घट्मा एउटै केन्द्र बयान तिम्रै रङ्ग रुपको

कहिले नयन कहिले बदन बोली अनि त्यो चालको
हतपत नसकिने रैछ बाबै बयान तिम्रै रङ्ग रुपको

जवानी तिम्रो मदहोशी हो की नशा छ त्यो हेराईमा
सुराप्याला पिउन छाडी केबल बयान तिम्रै रङ रुपको

गजल तिम्रै गीत तिम्रै श्रृङ्गार अनि भाका तिम्रै
हरेक गल्ली सब सडकमा बयान तिम्रै रङ्ग रुपको

सबका दृष्टि तिमी माथि तर तिम्रो नजर थाहा छैन
आफन्तको मन मुटुमा सदा बयान तिम्रै रङ्ग रुपको

मायालुलाई पत्र ,,,

स्वदेशकी
मायालुलाई पत्र ,,,

यो परदेशमा तिम्रै यादमा बाँचेको छु काली
यो छातीमा धेरै धेरै माया साचेको छु काली

आउला छिट्टै लाउला प्रिती कुरी बस है काली
पात्रो चिठ्ठी हेरिकन यीऔला भाचेको छु काली

बिर्सेंको छैन खाको कसम तिम्ले नि मेरी काली
नगरे  नी चिन्ता हप्तै पिच्छे जाचेको छु काली

कहिले कही थोरै पिउछु साची धेरै होइन काली
झ्याउरे दोहोरिमा एक्लै एक्लै नाचेको छु काली

गजल नलेख प्रेम पत्र

न लेख प्रेम पत्र, रगतले बेकार हुन्छ
ल सोध्यो भने भोली जगतले बेकार हुन्छ

समेट्न गार्हो हुन्छ फेरी हेर तिमी लाई
नाता टुट्दा भोली, संगतले बेकार हुन्छ

रगत को मुल्य छैन अब- मुल्यन नगर
के थाहा छ र भोली रङ्गत बेकार हुन्छ

प्रेम मा परिक्ष दिनु छैन किन लेख्नु पर्‍यो
रगत र मशी , एक फगतले बेकार हुन्छ

भो, त्यसैले नलेख , प्रेम पत्रहरु आइन्दा
सावा भन्दा ब्याज प्यारो लगतले बेकार हुन्छ

कबिता हो उनी मेरी हुन

कबिता

हो उनी मेरी हुन
उनको नै हुँ
तर
एक फासला आज
हामी दुई बिच
भौगोलिक दुरी
मुग्लानी जीवन
परदेशी जिन्दगी,

सायद त्यसैले बुझ्दिनन् कि
मेरो मायालाई,
एउटा पिर
खड्किरहेको मनमा,
हुन जती नजिक भए पनि
उनको लागि ,
मैले, महशुस गर्न सकिन
गल्ती बुझाईको थियो
उनको अनी मेरो।

देखाउन कहिल्यै जानिन मैले 
भित्रको सत्कार उनी प्रती
उनले कोशीस नै गरिन
बुझ्न्,

संसार कै यस्तो ब्यक्ती हुँ
सधैं आघात मा बाचेको हुन्छु
भित्र भित्र पाकिएको हुन्छु
माया सम्बन्धलाई बुझ्न नसकेर

दोश भाग्यलाई पनि तेर्साउछु
अलिकती मन बुझ्छ पनि,
सृस्टिको यती ठुलो सम्रचना
बिगार्ने पद्दती मै बाट सुरु भएकोमा
खिन्न हुन्छु ,
विश्वाश गर्दैनन् कोही
सुहाउदैन पनि,

तर यही नै यथार्थता हो
वास्तविकता पनि हो
जहाँ सृस्टिकर्ताले नै
पक्षपात गर्छिन भने
यो आफन्तको भन्नु केही छैन,

मनको भित्री कुनाको एक छेउ
सधैं सु-सुप्त मै हुन्छ
जहाँ यस्तो लाग्छ
मात्सल्यको कमी
हुर्कन बढ्न फक्रन
कहिल्यै सकेन

कोशीस नगरेको होइन
जिन्दगीको अन्तरालमा
सुसुप्त जिजिबिषा केलाउन
तर के भन्नु
उनले कहिल्यै बुझिनन्

यसैले
कती कठोर छु
कठोर छाती बोकेको छु
पत्थर भन्दा कठोर,,
किन कि
पत्थर पगाल्ने माया
मैले कहिल्यै पाइन
यद्दपी, मैले माया नै रोपे
प्रेमको बगैचामा,तर
एउटा बोट, जुन मेरो सधैं आफ्नो थियो
उसैमा प्रित फुल्न सकेन
होइन प्रित होइन
ममता फुल्न सकेन,

मैले चिनिन कि
बुझिन कि अझै
त्यो ममताको फुल
टिप्न सकेको छैन,
आज त्यसैको फेदमा छु
हिजो पनि थिए
अनन्त रहनेछु
शितल पाएको छु
छहारी पाएको छु
मल जल स्याहार
केही कमी भएको हुन सक्छ
तर पनि, लालायित छु
पातका सित पिउन
उनैको छेवैमा जिउन
 ---------------------------

श्री भक्त पौडेल
रामपुर चितवन
हाल स्पेन
29 April 2014 Mothers day






आमाको माया n more..

समर्पण अनी स्विकारले भरिएको अमर माया 
सृस्‍टिसँगै आबिस्कारले भरिएको अपार माया 

अबिखन्डित,अबिछिन्न, सिलसिला अटुटको 
आकाश जस्तै आकारले भरिएको अजर माया 

नि-सन्देह,निस्पक्ष, सन्तती आफ्ना बराबरी 
आँखाचिम्ल निराकारले भरिएको अधर माया
-------------------------------------
तान्का
-----
तस्बिरमा नै 
पोखिएर जादैछ 
आमाको माया 
आशु पुछ्ने औंला 
कबितै कबिता मा।
---------------------------------------


haiku..

बाटो बिर्सेंर
अलमल्ल परेछ
परको यात्री

सपना मेरो
के थियो कुन्नी हिजो
टुटेर गयो

बिर्सियो आज
लगौटिया यारले
मतलबी छ

फुलेन फुल
यो बषन्तमा पनि
मनै अध्यारो

सुनको चरी
उड्यो भुरुरु उ
भाग्यको लेखा

Sunday, April 27, 2014

धन्य छौ आमा !!!

धन्य छौ आमा !!!

रुवाउछ्यौ हसाउछ्यौ, आँफै रुदै फकाउछ्यौ
हल्लाउदै काखमा कस्तो ममता जताउछ्यौ

ममताकी खानि आकाश भन्दा बिशाल मन
आँफै झुली अनिदोले झलुङो मा झुलाउछ्यौ

निन्द्रा सँगै प्रसब बेथा कसरी भुल्छ्यौ आमा
आफु भोकै बसीबसी दुधको धारा पिलाउछ्यौ

सृस्‍टि तिमी सम्भारकर्ता संसार पनि तिमी
लोरी सुनाइ कोखाइ कोखाइ भन्दै खुवाउछ्यौ

आज मात्र होइन आमा,हरेकपल तिम्रै माया
माया को छायामा आमा जिन्दगी भुलाउछ्यौ


Saturday, April 26, 2014

गजल बालुवामा

कस्तो काउकुती मनको बालुवामा तिम्रो तस्बिर
उस्तै तरङ यो  तनको बालुवामा तिम्रो तस्बिर

फर्की फर्की छाया हेर्छु, छौ कि भनी यता उता
बतास मा तिम्रै रनको बालुवामा तिम्रो तस्बिर

बगरमा एक्लै डुल्दा ,सम्झनामा तिमी छायौ
शुशेलि मा रन बनको बालुवामा तिम्रो तस्बिर

बालुवा सरी उडि जाने परदेशीको के भर भन्छन
हो नि तर पराइ धनको बालुवामा तिम्रो तस्बिर

अन्जुलिमा माया बोकी तिमी आउने पर्खाइमा
मारी सके सयौ फनको बालुवामा तिम्रो तस्बिर

when you are in love you feel love even hands of sands

A tickling in heart, but the image of you in sand----

कबिता 1 may



पात्रोमा फेरी अर्को दिवश,

पात्रोमा फेरी अर्को दिवश,
कसले चलायो होला चलन?
चलन दिवश मनाउनेको,

अहो! यो दिवश त अन्तराष्ट्रिय रहेछ
काम गर्नेहरुको
काम नगर्ने दिन रहेछ।

अलेक्स जेन्दर ग्रीनका पात्रहरुको
मेक्सिम गोर्की,आस्त्रोवस्की
र थुप्रै रसियन टोपी र कोट भिर्नेहरुको
दिवश भनिन्थ्यो उहिले,
नढाटिकन भन्दा (जती मैले बुझेको छु)
बुर्जुवा,सामन्ती के के बादिहरु बिचको
अन्तरद्वन्द पछी उदाएको उल्लाहस दिवस रहेछ,

सन् १८८६,मे १,
(नेपालमा सन् १९६३ बाट मनाउन थालिए पनि,सन् २००७ बाट मात्र सार्वजनिक बिदा दिन थालिएको हो)
¨पेटका लागि रोटी¨ छिन्नेहरुको दिवश
राता झन्डाहरु कफन बाधेर
युद्दको मैदानमा लड्नेहरुको रहेछ,
८, ८ , ८ घण्टा
काम मनोरन्जन र आराम
सिद्दप्राप्तिका लागि लड्नेहरुको रहेछ
सलाम छ ति योद्दाहरुलाई
युद्दमा बिरगती प्राप्त सपुतहरुलाई

बुझ्दैछु,देख्दैछु अचम्मित छु,
बर्तमान मजदुरहरुको हबिगत देखेर
कोही सुरुङ मा थिचिएका छन्
कोही लिफ्ट र औजारमा मिचिएका छन्

आखिर संसारले जती नै,
¨अन्तराष्ट्रिय मजदुर दिवश¨ मनाए पनि
टुन्डिखेलमा जती परेड र मुट्ठी उचाले पनि
सुटेड्-बुटेड सर्बहाराका हस्तिहरु जती कुर्ले पनि
खै यो नेपाल खाल्डोमा परिवर्तन??
खै त गास मजदुरलाई?
आठ घण्टा रोजी रोटीको ब्यबस्था?

समानता र उदारबाद्को जती व्याख्या गरे पनि
खै त मजदुरका पसिना र रगतको कदर ?
परिवर्तनका बाहकले जती नै छलाङ मारे पनि
घोसित अघोसित शहीदहरुको सम्झनामा
जतिऔ मिनेट मौनधारण गरे पनि
खै त मज्दुरका निम्ती,
न्युनतम मापदण्डको सुरुवात?
खै गास बास र कपास?

काकडभित्ता मा रिक्सा चलाऊनेलाई सोध,
हिजो सुरुङ्मा पुरिएकाको परिवारलाई सोध,
बिगत केही बर्ष यता बन्द भएका
राष्ट्रको एक मात्र कृषि औजार कारखानाका मजदुरलाई सोध,
आज मे १ के दिवश हो? भनेर
हैन भने नेपाल खाल्डोका
स्वघोसित मजदुर नेतालाई सोध
के गरे उनले भनेर?

जहाज चढेर बिदेश गएका छोराहरुको बाबालाई सोध
बाक्सामा चिसिएर आएका तिनै छोराहरुको परिवार लाई सोध
होइन भने कोही मलाई बताउ कि,
बिगत ५१ बर्ष देखी मनाउदै आएको यो दिवश
आज किन मनाउदै छौ हामी?

सक्छौ जवाफ दिन?

त्यसैले आउ नेपाली मजदुरहरु हो!
हसिया र हथौडाका झन्डा मुनी,
हाम्रा गास लुट्नेहरु बिरुद्द
हाम्रा बास भुट्नेहरु बिरुद्द
खबरदारी गर्न,
हाम्रा झन्डामुनी बसेका शोषकहरु बिरुद्द
महल निवासी कथित सर्बहारा बिरुद्द
तिनले भने जस्तो क्षितिज रातो छैन
त्यसैले आउ नेपाली मजदुरहरु हो
एक पटक फेरी
¨बिश्वका मजदुर एक हौ¨ मात्र होइन
¨पीडित नेपाली मजदुर एक हौ¨
भन्ने नारा बुलुन्द पारौ
शन्खघोष गरौ ..
सार्थकता दिऔ,,
आज को यो दिवशको

जय नेपाल! जय मजदुर!जय विश्व मजदुर दिवश !






गजल मायालुले बाटो पाइनन्

नझरे हुन्थ्यो अब यो झरी मायालुले बाटो पाईनन्
उधारो थियो जुन चुम्बन ,मायालुले साटो पाईनन्

अजम्बरी प्रेम कथाकी उनी राजकुमारी मेरी मायालु
खोजेकी थिईन सिन्दुर तर मायालुले माटो पाईनन्

सिंहाशनमा सजिएर, मलाई कुर्दै  होलिन सायद
झार्न खोज्थिन जुन तारा,मायालुले भाटो पाईनन्

न त अभाब थाहा भयो न त दु:ख उनले देखिन
बुझ्दै थिईन जीवन अर्थ, मायालुले पाटो पाईनन्

सडकको रमिते आफन्तले जती बिर्सन खोजे पनि
टार्न खोज्थिन सम्बन्ध आज,मायालुले फाटो पाईनन्

(झरी परेको साँझ)
१९डिसेम्बर,२०१३
०७:०५ बेलुकी
Spain,
,,,,

गजल गजल तिमी

कती टोलाउछौ नजरमा कती लेख्छौ गजल तिमी 
कती बोलाउछौ नहरमा कती सुन्छौ गजल तिमी  

परेलीका गाजल कहिले कहिले ओठका लालिहरु 
काफिया पिच्छे बहरमा कती सोच्छौ गजल तिमी

केशराशी बिशाल ललाट, अधरका मुस्कान तिम्रै 
नजाउ अन्त शहरमा, कती खोज्छौ गजल तिमी 

गहिरिएर खोज यी नयनमा हृदयका भाब पाउछौ 
मिलेका दन्त लहरमा कती रोज्छौ गजल तिमी

भन तिमी तिम्रा लागि अझै श्रृङ्गार थपिदिउ कि 
साँझ बिहान प्रहरमा , कती घोक्छौ गजल तिमी 

Friday, April 25, 2014

गजल श्रीङ्गार मेरो

श्रृङ्गार  मेरो ब्यर्थ जाला भन्ने डर लाग्छ
आफ्नो भन्दा पराइको सायद भर लाग्छ

कुर्दा कुर्दै थाकी सके म दिन बित्दै गयो
सिउदो भरी लैजाने उस्लाई कर लाग्छ

मेहन्दीको रङ्ग पनि फिका फिका देख्छु
जन्म घर भन्दा प्यारो पराइ घर लाग्छ

औठी चिनो साट्यौ हाम्ले बिझाउन थाल्यो
भोली हुने बिहे साइत अल्ली पर लाग्छ

कस्तो पग्ली भए हजुर लाज लागे जस्तो
जती जती पर जान्छौ, उती वर लाग्छ

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...