कती बोलाउछौ नहरमा कती सुन्छौ गजल तिमी
परेलीका गाजल कहिले कहिले ओठका लालिहरु
काफिया पिच्छे बहरमा कती सोच्छौ गजल तिमी
केशराशी बिशाल ललाट, अधरका मुस्कान तिम्रै
नजाउ अन्त शहरमा, कती खोज्छौ गजल तिमी
गहिरिएर खोज यी नयनमा हृदयका भाब पाउछौ
मिलेका दन्त लहरमा कती रोज्छौ गजल तिमी
भन तिमी तिम्रा लागि अझै श्रृङ्गार थपिदिउ कि
साँझ बिहान प्रहरमा , कती घोक्छौ गजल तिमी
No comments:
Post a Comment