Tuesday, April 15, 2014

गजल

गजल

निद परेन आँखामा रातले छाड्दैछ
बिष मरेन आँखामा मातले छाड्दैछ

कती रात बित्ने होलान् यसरी अझै
सित झरेन पातमा रातले छाड्दैछ

जुनकिरी नि जुनै लाग्छन अन्धेरिमा
प्रित बुझेन घातमा रातले छाड्दैछ

मधुमास न बषन्त,परेली जलेपछी
लोरी बजेन साथमा रातले छाड्दैछ

थुम्थुम्याउने मुग्लानी भए त्यसैले
पानी मरेन आँखामा रातले छाड्दैछ

निद परेन आँखामा रातले छाड्दैछ
बिष मरेन आँखामा मातले छाड्दैछ

१६ अप्रिल २०१४
बिहान १२:२५
बुधवार

  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...