Thursday, April 10, 2014

केही हाइकु !


१
नआए पनि
यादले रुवाउछ
निस्ठुरीको त!
२
दिएर आफ्नो
खौरिएर मसिनो
हुन्न भन्छन।
३
हातले दियो
पैतलाको हैरान
भन्दा सापटी।
४
धनको मुख
कालो देखेको हैन
आज था´पाए।
५
छन् त गेडी
सबै मेरी छैनन्
सबै त टेडी।
६
अर्काको धन
गन्दै नगन अरे
हो त रहेछ।

ताङ्का
रगत रातो
आकाश नी एउटै
फरक मान्छे 
बसुदेब कुटुम्ब...
प्रश्न,सिमाना किन?

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...