Wednesday, April 23, 2014

गजल


गजल 


समयको मारले म त चुकें हजुर 
नखेलेको हारले म त झुकें हजुर 

तापी राख्या आगो निभेपछी गर्नु के 
छानोतानी घारले म त फुकें हजुर 

साहुहरु मै´लाई देखे पछी सोध्छन 
ज्यानै जाने मारले म त लुकें हजुर 

भिकारीको बस्तिमा आफु परें उस्तै
भोको पेट खारले म त सुकें हजुर

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...