Thursday, April 10, 2014

गजल

फेरी आउदिन सपनामा तिमीलाई सताउन
फेरी छाउदिन बिपनामा तिमीलाई फकाउन

टाढा हुँदैछु है म तिम्रो आवाज सुन्न नसकुला
फेरी पाउदिन बगानमा तिमीलाई छकाउन

उकाली ओरालीमा तिम्रो छाया अह हुन्न अब
फेरी धाउदिन आङनमा तिमीलाई मनाउन

जस्को मुहार हेर्थ्यौ एकान्तमा तिमी हिजो
फेरी भ्याउदिन रोदनमा तिमीलाई हसाउन

बरु लेख्छु मेरा कथा ब्यथा गीत अनी गजलमा
फेरी गाउदिन दोभानमा तिमीलाई बताउन

फेरी आउदिन सपनामा तिमीलाई सताउन .....

१० अप्रिल २०१४,
बिहीवार, १९:०५ बेलुकी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...