Saturday, April 12, 2014

तीन मुक्तक

आफन्तका तीन  मुक्तक

दिलको धड्कन सुन्थ्यौ होला नजिक भएको भए
सँगै सँगै गुनगुनाउथ्यौ होला नजिक भएको भए।
जुनेली रातमा हात समाउदै बगान घुमेको अतित
त्यही कबिता सुनाउथ्यौ होला नजिक भएको भए।।

नजिक नै छु म तिम्रो दिलको पर्दा उघारी खोज
समिप मै छु म तिम्रो मनको पर्दा उघारी खोज।
गीत गाएकै छु कबिता सुनाएकै छु केबल तिम्रो
प्रितको अर्को नाम पर्खाइ होला पर्दा उघारी खोज।।

निर्दयीको बस्तिमा दया खोज्दैछु म
निर्मोहिको बस्तिमा माया रोज्दैछु म
सिसा हिरा/नचिनेर नै होला शायद
बिरहिको बस्तिमा साया खोज्दैछु म।। 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...