गजल
समयको धार समयकै उधार हो नयाँ बर्ष
बुढ्यौलिको एक मिठो प्रहार हो नयाँ बर्ष
चिन्नेलाई श्रीखन्ड नचिन्ने लाई के जस्तो
मध्यमा बषन्तको सदा बहार हो नयाँ बर्ष
खिल्ली नउडाउ पुरानै पन्ना दोहोरिए भन्दै
अज्ञानी अबुझ लाई , उपहार हो नयाँ बर्ष
कोइलीको कुहुकुहु नबपालुवाको आगमन सँगै
पवित्र बिषु सक्रान्ती को त्योहार हो नयाँ बर्ष (त्योहार=पर्ब)
चन्द्र सुर्यको अबिरल परीक्रमा ब्रम्हान्डको
समयको धार समयकै उधार हो नयाँ बर्ष
No comments:
Post a Comment