Friday, April 11, 2014

गजल जिन्दगीको


जिउदै  जाउ जिन्दगी आफ्नो, अर्थ नखोज
कुनै महामानबको परीभाषा, ब्यर्थ नखोज

जस्तो भोग्यो त्यस्तै नै हो जिन्दगानी हाम्रो
कर्मको फल बराबरी भन्छन, स्वार्थ नखोज

कर्कलाको पातको पानी,कुमालेको माटो जस्तै
नाच छमछम् रमाउ गीतमा, भावार्थ नखोज

सिउन जाने उध्रेकोले नि लाज ढाक्छ भन्छन
सफा सोचेर अघी बड्दै जाउ, अनर्थ नखोज

शब्दकोश मै छैन अर्थ तिम्रो हाम्रो जिन्दगीको
समय कै चालमा चल सदा, शब्दार्थ नखोज 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...