Monday, April 21, 2014

आफन्तका केही मुक्तकहरु:

न आउ नजिक फेरी बदनामी भएं आज 
पिएछु मजाले फेरी,बेइमानी भएं आज 

न बन कुरौटे भोली,उसले त पिए छ नि 
बेहोशी बनायौ फेरी, बदमासी भएं आज 

बोलौंला नमिठो यहाँ नदुखाउ चित्त तिमी 
तिम्रो नै नशाले फेरी, बेशरमी भएं आज 

लर्खरिय म, पाइला तिम्रै तिर आउँदैछन् 
बुझिनौ आशय फेरी, उत्ताउलो भए आज 

नदेउ मलाई दोश यो प्रितको मात यस्तै 
लाउन्न भनेथें फेरी, बेबकुफ भएं आज

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...