Friday, April 25, 2014

गजल मन्दिर धोका हुन्छन्



महिला तर्फ चोर औला पुरुष चोखा हुन्छन्
समाजको इज्जत भन्दै पुरुष भोका हुन्छन्

देहआग बराबरी रे निभ्नुपर्ने पुरुष भन्छन्
त्यही आगमा कुनाबसी महिला रोका हुन्छन्

घाट घाटको पानी चाख्ने पुरुष ठुलो मान्छे
सिता जस्ती पत्नीलाई दुधले धोका हुन्छन्

कहिले सम्म बस्छौ नारी ओढेर उही बर्को
नाना थरी उपनामका धेरै पोका हुन्छन्

किन पुज्छौ दुर्गा काली छाड्देउ,उग्रचन्डी
होइन भने धर्म हाम्रो मन्दिर धोका हुन्छन्

धोका - धोईएका
धोका - घात

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...