Saturday, April 19, 2014

गजल ( गित)

गजल ( गित)

एउटै छहारी मुनी जुनी बित्छ हाम्रो भन्थ्यौ
दुइको प्रेमले नै संसार जित्छ हाम्रो भन्थ्यौ

सोध्दैछु आज यती टाढा म बाट तिमी किन
पवित्र बन्धन यहाँ बोली बिक्छ हाम्रो भन्थ्यौ

आउथे तिम्रो छेउ, भुरु भुरु उड्न पाए म त
दुनियाँ यही प्रितको पाठ सिक्छ हाम्रो भन्थ्यौ

धन्न यादहरु छन् साथी एक्लै रुन्छु हास्छु
समयले समयको काडा झिक्छ हाम्रो भन्थ्यौ

एकपल काट्न मलाई लाग्छ सार्है भारी आज
चिन्ता नगर प्यारले जित्छ जित्छ हाम्रो भन्थ्यौ

(खै कहिले के जित्ने हो ?)

६ बैशाख २०७१  
शनिबार
स्पेन

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...