Friday, April 25, 2014

गजल :कोपिला फेक्दैनौ


सोध्छौ´नी मलाई सधैं किन लेख्दैनौ
कबिता हुन् आशु, तिमीले देख्दैनौ

उर्दु जान्दिन, अङ्रेजी बुझ्दिन अझै
बग्छन् मोती तर तिमीले छेक्दैनौ

शब्द´कोशमा मेरा, शब्द सकिएछन्
सिकाउ भन्दा आङ्गन आफु टेक्दैनौ

फुलबारी मा छौ, गुलाब टिपी देउ
माग्छु म फुल तिमी कोपिला फेक्दैनौ

एकोहोरो मायामा रुदा, थाकिसके
रात दिन भिजेका परेली सेक्दैनौ? 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...