Friday, April 11, 2014

गजल

गजल

नरोक मलाई नशामा नै मर्न देउ
होशमा हैन बेहोशिमा नै मर्न देउ

फुलभन्दा प्यारा अतितका भुलहरु
त्यही भुलको चुलेशिमा नै मर्न देउ

घातआघात कती पचाइसक्यो यो मुटुले
स्वर्ग नर्कको तलाशिमा नै मर्न देउ

बाचेकाहरु को हालत हेर के देख्यौ
मज्जा मस्त मदहोशिमा नै मर्न देउ

आफन्तले नै ¨श्री¨लाई सिद्दाउछ भने
जिन्दगीको सानो कशिमा नै मर्न देउ




No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...