Tuesday, April 15, 2014

कबिता

युद्दको धङ्धङी, त्रास र यो मन 

आज अखबारका पन्नाहरुमा
यी आँखा टिक्न सकेनन्
एक्कासी अध्यारो मडारियो सामुन्ने 
भबितब्य त्रास, केही असहज लाग्न थाल्यो 
नयाँ बर्षको पुल्कित मनलाई 
दरो झापड हाने जस्तो लाग्यो। 
बढे बढे अक्षरमा 
कतै अलिकती भएको कानुनको 
उपहास थियो भने कतै 
हुँदै नभएको नजिरका हरफहरु थिए। 
एस्तो लाग्छ, बिषाल महलहरु 
गिर्दैनन् / गिराइदै छन्  
शिलन्यास भन्दा पहिले नै,
भर्खर भर्खर ताते ताते 
हिंड्न खोजेको बालकको पाइतालामा 
नेलहरु ठोकिदै छन्। 

भर्खर त लामो युद्द पछी 
केही मत्थर हुँदै थियो यो मन 
तर आजका अखबारहरुले 
फेरी यो मनलाई चस्काउदै छ 
कतै हिजोको जस्तै 
आफ्नै छाया सँग त डराउनु पर्ने होइन?
घोसित अघोसित युद्द बिरामहरु 
घोसित अघोसित सरकारहरु 
यस्तै यस्तै सोचमा 
पेन्डुलम हुँदैछ आज मन। 

¨युद्दको लागि युद्दको आवहान¨ 
खै कस्तो हो शिर्षक पनि 
खै किन यती धेरै उत्ताउला भएका हुन 
मान्छेहरु,,रगत बारुद धुवा लास सँग 
खेल्न रमाउन, 
ससन्कित छन सबका अनुहारहरु 
विश्वाश र भरोषा टुटेका छन्। 

एक मन त लाग्छ 
जलाई दिउ सब अखबारहरु
कामना गर्छु 
झुट होउन सबै समाचारहरु 
यी त केबक अफबाह हुन। 

किन कि यो मन चाहदैन 
होइन सिङो नेपाली मन चाहदैन 
युद्द,धुवा,हतियारहरु 

आज अखबारका पन्नाहरुमा
यी आँखा टिक्न सकेनन्

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...