Tuesday, April 22, 2014

गजल

गजल

नेपाल एउटा नेपाली एउटै किन धेरै बादहरु  
अखन्डताको नारा एउटै किन धेरै अपबादहरु

अनुहारहरु एउटै यहाँ नारा जुलुश भिन्न भिन्न
बन्द सत्र सहमती एउटै, किन धेरै सम्बादहरु

झन्डाको रुप रङ्ग एउटै नजानिदो सिद्दान्त बेग्लै
बोलाउने नाम एउटै, किन धेरै बाद´बिबादहरु

युद्द क्रान्ति परिवर्तन,छलाङ्ग भाषा अनेक अनेक
प्राप्ती भने छैनन् एउटै किन धेरै जिन्दा´बादहरु

आधुनिकताका खोल ओढी अधिनायकहरु बिरोधमा
उदेश्य लेख्ने कानुन एउटै किन धेरै मुर्दा´बादहरु  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...