Thursday, April 24, 2014

गजल:चलन यस्तै छ है

गजल  चलन यस्तै छ है 

धुवा बारुद नेपाल बन्द, चलन यस्तै छ है
हिजो भन्दा बिकाश मन्द चलन यस्तै छ है

प्रजातन्त्र , लोकतन्त्र कोयलीले गीत गायो
सब्लाई प्यारो घुसको गन्ध चलन यस्तै छ है

रातारात पार्टी एकजुट भोलीपल्टै फुट्छन पनि
देशै भरी लुटको चन्दा , चलन यस्तै छ है

भ्रष्टचारीको पूजा हुन्छ हत्यारालाई टिकेट पनि
उही ठुलो देशको बन्दा, चलन यस्तै छ है

दल जती सिन्डिकेटमा, जनता सडक तिर
राजनिती मा भित्री धन्दा चलन यस्तै छ है

बन्दा (नागरिक)

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...