Tuesday, April 8, 2014

तांका (आफ्ना पिडा)

तांका (आफ्ना पिडा)


रातो कागज
सबैको चाहना नै
स्वदेश को त
टोपी छ शिर माथि
मिलौ जय नेपाल।

चिसो बियर  
घाम लागेको बेला
दन्काइयो नी
आज रुवायो हरे!
दोश प्रकृति लाई।

घरी घरी यो
न आएको नै राम्रो
छाती दु:खाइ
दिन रात एक छ
याद आफन्तको है!

सब ठीक छ
यता भन्न त पर्‍यो
कसले देख्यो?
भि आई पि भिकारी
युरोपका गल्ली मा

जानी नजानी
तांका को प्रयासमा
पोल खोलियो
बह पनि पोखियो
के गर्ने त हजुर?


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...