Friday, April 11, 2014

गजल जिन्दगीको

गजल जिन्दगीको

जिउदै जाउ जिन्दगी आफ्नो, अर्थ नखोज
कुनै महामानबको परीभाषा ,ब्यर्थ नखोज

जस्तो भोग्यो त्यस्तै नै हो जिन्दगानी हाम्रो
कर्मको फल बराबरी भन्छन स्वार्थ नखोज

कर्कलाको पातको पानी,कुमालेको माटो जस्तै
रमाउ नाच छमछमी गीतमा भावार्थ नखोज

सिउन जाने उध्रेकोले नि लाज ढाक्छ भन्छन
सकरात्मक सोची अघी बढ, अनर्थ नखोज

शब्दकोशमा शब्द छैन तिम्रो हाम्रो जिन्दगीको
जस्तो बुझ्छौ त्यस्तै पढ लेख, शब्दार्थ नखोज 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...