Wednesday, April 23, 2014

गजल : भन्दाभन्दै

गजल

समयकै दास भए अन्तै भाग्छु भन्दाभन्दै
नयनकै खास भए अन्तै लाग्छु भन्दाभन्दै

दैलो ठेलमा ठेस लाग्यो, साइत गर्दै थिए
गोधुलिकै बास भए अन्तै जाग्छु भन्दाभन्दै

आफु सँगै छाया भाग्छ छोडु भने कता छोडु
आङ्गनीको रास भए अन्तै माग्छु भन्दाभन्दै

भारी जीवन भारी संसार,कती बोकी हिंड्नु
पुलेसोकै पास भए अन्तै नाग्छु भन्दाभन्दै

कोही छ कि पारी तार्ने, दुनियाँ माहासागर
दोबाटोकै लास भए अन्तै बाच्छु भन्दाभन्दै

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...