Saturday, April 26, 2014

कबिता 1 may



पात्रोमा फेरी अर्को दिवश,

पात्रोमा फेरी अर्को दिवश,
कसले चलायो होला चलन?
चलन दिवश मनाउनेको,

अहो! यो दिवश त अन्तराष्ट्रिय रहेछ
काम गर्नेहरुको
काम नगर्ने दिन रहेछ।

अलेक्स जेन्दर ग्रीनका पात्रहरुको
मेक्सिम गोर्की,आस्त्रोवस्की
र थुप्रै रसियन टोपी र कोट भिर्नेहरुको
दिवश भनिन्थ्यो उहिले,
नढाटिकन भन्दा (जती मैले बुझेको छु)
बुर्जुवा,सामन्ती के के बादिहरु बिचको
अन्तरद्वन्द पछी उदाएको उल्लाहस दिवस रहेछ,

सन् १८८६,मे १,
(नेपालमा सन् १९६३ बाट मनाउन थालिए पनि,सन् २००७ बाट मात्र सार्वजनिक बिदा दिन थालिएको हो)
¨पेटका लागि रोटी¨ छिन्नेहरुको दिवश
राता झन्डाहरु कफन बाधेर
युद्दको मैदानमा लड्नेहरुको रहेछ,
८, ८ , ८ घण्टा
काम मनोरन्जन र आराम
सिद्दप्राप्तिका लागि लड्नेहरुको रहेछ
सलाम छ ति योद्दाहरुलाई
युद्दमा बिरगती प्राप्त सपुतहरुलाई

बुझ्दैछु,देख्दैछु अचम्मित छु,
बर्तमान मजदुरहरुको हबिगत देखेर
कोही सुरुङ मा थिचिएका छन्
कोही लिफ्ट र औजारमा मिचिएका छन्

आखिर संसारले जती नै,
¨अन्तराष्ट्रिय मजदुर दिवश¨ मनाए पनि
टुन्डिखेलमा जती परेड र मुट्ठी उचाले पनि
सुटेड्-बुटेड सर्बहाराका हस्तिहरु जती कुर्ले पनि
खै यो नेपाल खाल्डोमा परिवर्तन??
खै त गास मजदुरलाई?
आठ घण्टा रोजी रोटीको ब्यबस्था?

समानता र उदारबाद्को जती व्याख्या गरे पनि
खै त मजदुरका पसिना र रगतको कदर ?
परिवर्तनका बाहकले जती नै छलाङ मारे पनि
घोसित अघोसित शहीदहरुको सम्झनामा
जतिऔ मिनेट मौनधारण गरे पनि
खै त मज्दुरका निम्ती,
न्युनतम मापदण्डको सुरुवात?
खै गास बास र कपास?

काकडभित्ता मा रिक्सा चलाऊनेलाई सोध,
हिजो सुरुङ्मा पुरिएकाको परिवारलाई सोध,
बिगत केही बर्ष यता बन्द भएका
राष्ट्रको एक मात्र कृषि औजार कारखानाका मजदुरलाई सोध,
आज मे १ के दिवश हो? भनेर
हैन भने नेपाल खाल्डोका
स्वघोसित मजदुर नेतालाई सोध
के गरे उनले भनेर?

जहाज चढेर बिदेश गएका छोराहरुको बाबालाई सोध
बाक्सामा चिसिएर आएका तिनै छोराहरुको परिवार लाई सोध
होइन भने कोही मलाई बताउ कि,
बिगत ५१ बर्ष देखी मनाउदै आएको यो दिवश
आज किन मनाउदै छौ हामी?

सक्छौ जवाफ दिन?

त्यसैले आउ नेपाली मजदुरहरु हो!
हसिया र हथौडाका झन्डा मुनी,
हाम्रा गास लुट्नेहरु बिरुद्द
हाम्रा बास भुट्नेहरु बिरुद्द
खबरदारी गर्न,
हाम्रा झन्डामुनी बसेका शोषकहरु बिरुद्द
महल निवासी कथित सर्बहारा बिरुद्द
तिनले भने जस्तो क्षितिज रातो छैन
त्यसैले आउ नेपाली मजदुरहरु हो
एक पटक फेरी
¨बिश्वका मजदुर एक हौ¨ मात्र होइन
¨पीडित नेपाली मजदुर एक हौ¨
भन्ने नारा बुलुन्द पारौ
शन्खघोष गरौ ..
सार्थकता दिऔ,,
आज को यो दिवशको

जय नेपाल! जय मजदुर!जय विश्व मजदुर दिवश !






No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...