Wednesday, April 16, 2014

गजल



गजल

नजिक होइन तिम्रो आँखामा थिए
तिमीले गाउने गीत भाकामा थिए

तिमीले वास्तै नगरेर पो त काली
दाउरा स्याउला, बन पाखामा थिए

कती चाडै बिर्सेंकी मोरी तिम्ले पनि
जिस्काउदै खेली तिम्रै काखामा थिए

खाली दोस मात्रै खोजीहेर्ने होइन क्यार
लगाएकी उही, चोली ढाकामा थिए

न टाढा न म परिवर्तित भए ¨कालु¨
बुझिनौ? सधैं झै तिम्रो हाकामा थिए

बैशाख ३,बुधवार २०७१
सान सेबस्टिअन
स्पेन




No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...