Monday, April 14, 2014

गजल कतै नयाँ बर्ष

गजल कतै नयाँ बर्ष

हिजो कतै रङमा, रङ्गिएछ नयाँ बर्ष
रात कतै दङ्गमा दङगिएछ नयाँ बर्ष

भोज भतेर सबै मातेर नै मनाइएछन्
कही कतै उदाङ्गमा बल्झिएछ नयाँ बर्ष

कती शिशिहरु रित्तिए कती फुटे पनि
भता कतै भुतुङ्गमा बल्किएछ नयाँ बर्ष

पूर्वबाट पश्चिम छिर्दै थिए नयाँ किरणहरु
उतै कतै बेढङ्गमा अल्झिएछ नयाँ बर्ष

लागोस सबैलाई सबैले दिएको आशिक पनि
साच्चै कतै उमङ्गमा सकिएछ नयाँ बर्ष


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...