Thursday, April 24, 2014

गजल : कोही भन्छन्



कोही भन्छन् पत्थर सँग मुटु साट्नु पर्छ
कोही भन्छन् पहाड सँग चोट बाट्नु पर्छ

बल्ल पास हुन्छन् अरे पिरतिको परिक्षमा
कोही भन्छन् आकाश सँग कुरा काट्नु पर्छ

मुना मदन लैला मज्नु पढेर मात्र होइन
कोही भन्छन् बादल सँग मन फाट्नु पर्छ

सबै कहाँ सफल हुन्छन् प्रेमको लडाईंमा
कोही भन्छन् मैदान सँग युद्द आट्नु पर्छ

धनदौलतका पूजारिहरु मायालुको शहरमा
कोही भन्छन् मायालु सँग गफ छाट्नु पर्छ
 



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...