Thursday, April 24, 2014

गजल :हरे राम

गजल 

हरे हरे राम राम , ठुला जोगी धेरै भए
कस्तो हेर साम दाम नाम भोगी धेरै भए

काम काज केहो कुन्नी कुरा धेरै गर्ने भए
जम्मा भए ठुला घरा माम भोगी धेरै भए

साधु पनि चोर भए, चोर पनि साधु यहाँ
औठा छापे अती ब्यस्त काम भोगी धेरै भए

साँढे गोरु अघी लाग्छ बाँकी गोरु ताली ठोक्ने
लेख्ने भन्दा च्यात्ने धेरै खाम भोगी धेरै भए

लुट्ने फुट्ने फेरी जुट्ने निती यीन्का जानी राखौ
पछी पछी छुरा बोक्ने , राम भोगी धेरै भए

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...