Wednesday, April 30, 2014

कबिता हो उनी मेरी हुन

कबिता

हो उनी मेरी हुन
उनको नै हुँ
तर
एक फासला आज
हामी दुई बिच
भौगोलिक दुरी
मुग्लानी जीवन
परदेशी जिन्दगी,

सायद त्यसैले बुझ्दिनन् कि
मेरो मायालाई,
एउटा पिर
खड्किरहेको मनमा,
हुन जती नजिक भए पनि
उनको लागि ,
मैले, महशुस गर्न सकिन
गल्ती बुझाईको थियो
उनको अनी मेरो।

देखाउन कहिल्यै जानिन मैले 
भित्रको सत्कार उनी प्रती
उनले कोशीस नै गरिन
बुझ्न्,

संसार कै यस्तो ब्यक्ती हुँ
सधैं आघात मा बाचेको हुन्छु
भित्र भित्र पाकिएको हुन्छु
माया सम्बन्धलाई बुझ्न नसकेर

दोश भाग्यलाई पनि तेर्साउछु
अलिकती मन बुझ्छ पनि,
सृस्टिको यती ठुलो सम्रचना
बिगार्ने पद्दती मै बाट सुरु भएकोमा
खिन्न हुन्छु ,
विश्वाश गर्दैनन् कोही
सुहाउदैन पनि,

तर यही नै यथार्थता हो
वास्तविकता पनि हो
जहाँ सृस्टिकर्ताले नै
पक्षपात गर्छिन भने
यो आफन्तको भन्नु केही छैन,

मनको भित्री कुनाको एक छेउ
सधैं सु-सुप्त मै हुन्छ
जहाँ यस्तो लाग्छ
मात्सल्यको कमी
हुर्कन बढ्न फक्रन
कहिल्यै सकेन

कोशीस नगरेको होइन
जिन्दगीको अन्तरालमा
सुसुप्त जिजिबिषा केलाउन
तर के भन्नु
उनले कहिल्यै बुझिनन्

यसैले
कती कठोर छु
कठोर छाती बोकेको छु
पत्थर भन्दा कठोर,,
किन कि
पत्थर पगाल्ने माया
मैले कहिल्यै पाइन
यद्दपी, मैले माया नै रोपे
प्रेमको बगैचामा,तर
एउटा बोट, जुन मेरो सधैं आफ्नो थियो
उसैमा प्रित फुल्न सकेन
होइन प्रित होइन
ममता फुल्न सकेन,

मैले चिनिन कि
बुझिन कि अझै
त्यो ममताको फुल
टिप्न सकेको छैन,
आज त्यसैको फेदमा छु
हिजो पनि थिए
अनन्त रहनेछु
शितल पाएको छु
छहारी पाएको छु
मल जल स्याहार
केही कमी भएको हुन सक्छ
तर पनि, लालायित छु
पातका सित पिउन
उनैको छेवैमा जिउन
 ---------------------------

श्री भक्त पौडेल
रामपुर चितवन
हाल स्पेन
29 April 2014 Mothers day






No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...