Friday, April 25, 2014

गजल : मर्न जरुरी भो


 मरेर बाच्नु भन्दा त, मर्न जरुरी भो 
तिम्रै सामु आत्महत्या गर्न जरुरी भो 

नहेर त्यो हेराइ सास रुके जस्तो छ
 आँखाको माहा´सागर तर्न जरुरी भो 

ख्याल हैन नमुस्कुराउ त्यसरी अब
 घुमी निधारमा फेरी झर्न जरुरी भो 

कस्तो कौतुहल केछ ती नयन भित्र
बैशालु बिषालु झिल पर्न जरुरी भो

ओठ होइनन् तिम्रा धारिला तीरहरुती
 तिरका प्रहारमा मर्न जरुरी भो      




No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...