Monday, April 21, 2014

गजल : उदास

गजल उदास

कहाँ लुक्छन् रङ्गहरु,जब मन उदास हुन्छ
खोज्छु फुलका पत्रहरु,जब मन उदास हुन्छ

ऋतुहरु निस्ठुर हुन्छन सधैं सधैं फक्रे हुन्थ्यो
बषन्त रोज्ने आँखाहरु,जब मन उदास हुन्छ

कता भाग्छन् हरियाली शरदका छोटा दिनमा
माया खोज्ने रहरहरु, जब मन उदास हुन्छ

कस्तो बिरक्ती आज कोयलीले गाउन छाड्यो
सुन्य सुन्य शहरहरु, जब मन उदास हुन्छ

उराठ लाग्ने बनपाखा मुग्लानीको साथ सम्झी
नआए हुन्थ्यो यादहरु, जब मन उदास हुन्छ 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...