Thursday, April 17, 2014

गजल


संसार हेर्ने आँखा मेरो, फरक पर्‍यो भन्छन
संसार बुझ्ने भाका मेरो फरक पर्‍यो भन्छन

आँखा खोली हेरेकै हो, बत्ती बाली पढेकै हो
दुनियाँ बन पाखा मेरो, फरक पर्‍यो भन्छन

म पछी पर्या हुँ कि दुनियाँ अघी दौड्या होला
जगत कोर्ने खाका मेरो, फरक पर्‍यो भन्छन

घाम उही चन्द्र उही समय कहाँपुग्यो भन्नेहरु
जीवन चौकी नाका मेरो, फरक पर्‍यो भन्छन

लौन कोही बुझाई देउ संसार केहो भन्ने मलाई
जिन्दगी चल्ने साखा मेरो फरक पर्‍यो भन्छन

साखा:सन्तती/इज्जत
खाका: योजना



1 comment:

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...