Thursday, April 17, 2014

गजल


संसार हेर्ने आँखा मेरो, फरक पर्‍यो भन्छन
संसार बुझ्ने भाका मेरो फरक पर्‍यो भन्छन

आँखा खोली हेरेकै हो, बत्ती बाली पढेकै हो
दुनियाँ बन पाखा मेरो, फरक पर्‍यो भन्छन

म पछी पर्या हुँ कि दुनियाँ अघी दौड्या होला
जगत कोर्ने खाका मेरो, फरक पर्‍यो भन्छन

घाम उही चन्द्र उही समय कहाँपुग्यो भन्नेहरु
जीवन चौकी नाका मेरो, फरक पर्‍यो भन्छन

लौन कोही बुझाई देउ संसार केहो भन्ने मलाई
जिन्दगी चल्ने साखा मेरो फरक पर्‍यो भन्छन

साखा:सन्तती/इज्जत
खाका: योजना



1 comment:

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...