Friday, April 25, 2014

गजल- सोचेनौ है एक पटक?

कसरी भुल्न सक्यौ हरे सम्बन्ध हाम्रो अपार थियो
आज यो तिम्रो केबल हिजो छुट्टै हाम्रो संसार थियो

टुट्यो हावाको झोकाले भन्यौ निहु त तिम्रो त्यही थियो
लाग्दथ्यो हाम्रो जिउने, मर्ने, त्यही एक आधार थियो

डुल्दा रिम झिम साउनमा सधैं खेल्दै जुनेली रातमा
हातमा हात हुन्थे सोच्थ्यौ हर मौसम बाहार थियो

पाउदैनौ माया तिमीले जालिम दुनियाँ तिमी जस्तै
सोचेनौ है एक पटक? तिमी बिना अन्धकार थियो

किन भाग्यौ तर्किएर भन, हैन भने दोश देखाउ  
जुन ठाउमा त्याग्यौ मलाई गहिरो मझधार थियो

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...