Wednesday, April 16, 2014

कबिता - मुर्कुट्टाहरुको बस्तिमा

मुर्कुट्टाहरुको बस्तिमा 

मुर्दाहरुको नाम लिइदै छ
मुर्कुट्टाहरुको बस्तिमा
जिउदाहरुको नाम मेटिदै छ
जिउदा लासहरुको बस्तिमा

कस्तो बिडम्बना हो यो,
हेर्नुस् आफ्नै लासको
बार्गेनिङ गर्दैछन घाटे पूजारीहरु
झुसिल किराहरुको बस्तिमा।
जसले जसको पुत्ला जलाए
लम्पसार छन्, सालीक अघी  
उनै/तिनै चिहानहरुको बस्तिमा।

नसुहाउने रहेछ स्यालहरु रोएको त (२)
सम्साझै ठाडो मुन्टोगरी
चल्लाहरुको बस्तिमा,
किन यती सार्है बिच्किन्छन
जिउदा भनाउनेहरु,
यस्तो लाग्छ सामुन्नेमा
आफ्नो अन्तेस्टी हुँदैछ
गुरिल्लाहरुको बस्तिमा।

लासमा परिवर्तन देख्नेहरु
रगतमा क्रान्ति देख्नेहरु
आज आँफै नराम्ररी झस्किएका छन्
कतै आफ्नै हबिगत देखे जस्तै
आफ्नै जस्ताहरुको बस्तिमा।

निकुन्जमा फैलिएको आगो जस्तै
फैलिदै छ आगो
उनिहरुको बस्तिमा
जो अर्काको घर फुकी आगो ताप्ने गर्थे,
आज तिनै पिशाचहरु
काँचो बायु बनेर तर्साउदै छन्
लखेट्दै  बस्ती बस्तिमा।

अघोसित द्वन्द्दमा होमिएका छन मुर्कुट्टाहरु
उनिहरुकै मितेरी बस्तिमा
साच्चै नचिनिने रहेछन,
जब मुर्कुट्टाहरु नाङ्गिएर नाच्छन
जिउदाहरुको बस्तिमा।

साबधान!
मुर्दाहरुको नाम लिइदै छ
मुर्कुट्टाहरुको बस्तिमा
जिउदाहरुको नाम मेटिदै छ
जिउदा लासहरुको बस्तिमा
:__________:_::_:__::__:::_:_::


२०७१/०१/०३ ,  बुधवार
१६ अप्रिल २०१४
११:१५ बिहान
स्पेन









No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...