तिमी नदी सरी बगी रह्यौ म किनारा बनी
न थुन्न सकें न भुल्न, म किनारा बनी
बग्यौ गहि-रिदै साथ तिम्रो छाड्न सकिन
सागर सम्म पछ्याई रहें म किनारा बनी
दाँया बाँया थिएं तिम्रो छुन सकिनौ त किन
सुसाएर बही - रह्यौ तिमी म किनारा बनी
कही म ठोक्किएं म आत्तिएं तिमीले सुनिनौ
झर्यौ तिमी मोती खोज्न तर म किनारा बनी
तिमी मिल्यौ महासागरमा डुब्न म सकिन
अनन्त टोलाई रहें, उहिं म किनारा बनी
३ शेर
नबोल भो दन्त लहर खोली पेटमा पाप बोकेर
गएनी भो अन्त जहर घोली मुटुमा राप बोकेर
तिमी हुनु नहुनुको कुनै औचित्य नभए पछी यहाँ
छाडे भो तुरुन्त शहर भोली छातीमा छाप बोकेर
छक्कायौ झुक्कायौ तोड्यौ,विश्वाशका पर्खालहरु
जाउ भो अनन्त रहर मोली मुखमा श्राप बोकेर
No comments:
Post a Comment