Thursday, April 10, 2014

गजल

गजल

यस्तो साथ चाहेको छु जसलाई आफ्नो बनाउन सकु
यस्तो हात चाहेको छु स्पर्शलाई आफ्नो बनाउन सकु

आवाज हैन नाकी बोली नै मेरो धड्कन बुझ्न सक्ने
यस्तो रात चाहेको छु, उसलाई आफ्नो बनाउन सकु

मेरा आशु सँगाली मेरै लागि गीत गजल कोर्ने कोही
यस्तो मात चाहेको छु नशालाई आफ्नो बनाउन सकु

नचाउने त ईशारा मा धेरै छन्, मायालुहरु यहाँ
यस्तो चाहत चाहे´ छु बसलाई आफ्नो बनाउन सकु

परेलीमा लुकाई मलाई नाकी पापी नजर नलागोस
यस्तो खास चाहेको छु कसलाई आफ्नो बनाउन सकु

१० अप्रिल,२०१४
बुधवार 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...