Thursday, April 24, 2014

गजल बौलाउछु (sad)


साँझको त्यो क्षितिज हेरी जब म टोलाउछु
लाग्छ कोही त आउँदैछ उही म बोलाउछु

भ्रमित छाया´नी सरी पर पर जान्छ जब
क्षण भरको  खुशी बिर्सी फेरी म बौलाउछु

एेना हेर्दा रिषउठ्छ सिङ्गारिने मनै छैन
अस्थिर मन चङ्गासरी,कता! म डुलाउछु

जुन पनि रुन्छ अरे सित सँगै बिहानीमा
यस्तै गीत गुन गुनाइ होश, म भुलाउछु

रातपापी नआओस कहिल्यै सपना अब देख्नु छैन
टुक्रिएका तिनै सपना शिशा झै म धुलाउछु

(धुलाउछु=धुल्याउनु/छु)  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...