Sunday, April 6, 2014

सवाल नयाँ बर्षको : गजल

सवाल नयाँ बर्षको

भित्ताको पात्रो सँगै बैन्शका रेखाहरु चोरिएका छन
बेखबर ¨श्री¨ सँगै बेमेलका रेखाहरु कोरिएका छन

मध्यरातमा पटका र आतिसबाजिले छोएन उसलाई
बिना जितको हर्ष बढाई श्यामपेनहरु फोरिएका छन

तुक देख्दिन म किन,मनाउनुको अर्थ नयाँ बर्षको
नाम गते बार पुरानै अनी पत्ताहरु दोहोरिएका छन

याम उही मौषम उही खाली नजरहरु फरक परेछन
निहु चाहियो बस पिउने जोडीहरु एकोहोरिएका छन

कुन साल नयाँ कुनसाल पुरानो बताइ दिनुस् कोही
सुन्य देखी नौ सम्म पुरानै अंकहरु सोहोरिएका छन

रोषनीमा होइन नयाँ बर्ष किन आउछ मध्य रातमा
आजभोली जमघटमा यस्ता प्रश्नहरु ओइरिएका छन


No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...