Sunday, April 6, 2014

सवाल नयाँ बर्षको : गजल

सवाल नयाँ बर्षको

भित्ताको पात्रो सँगै बैन्शका रेखाहरु चोरिएका छन
बेखबर ¨श्री¨ सँगै बेमेलका रेखाहरु कोरिएका छन

मध्यरातमा पटका र आतिसबाजिले छोएन उसलाई
बिना जितको हर्ष बढाई श्यामपेनहरु फोरिएका छन

तुक देख्दिन म किन,मनाउनुको अर्थ नयाँ बर्षको
नाम गते बार पुरानै अनी पत्ताहरु दोहोरिएका छन

याम उही मौषम उही खाली नजरहरु फरक परेछन
निहु चाहियो बस पिउने जोडीहरु एकोहोरिएका छन

कुन साल नयाँ कुनसाल पुरानो बताइ दिनुस् कोही
सुन्य देखी नौ सम्म पुरानै अंकहरु सोहोरिएका छन

रोषनीमा होइन नयाँ बर्ष किन आउछ मध्य रातमा
आजभोली जमघटमा यस्ता प्रश्नहरु ओइरिएका छन


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...