Thursday, April 24, 2014

गीत (sad)

गीत
...............................
बर सँग पिपल छुट्यो छाया सँग साथ
धन सँग आफन्त छुटे माया सँग रात ...
गित सँग संगीत छुट्यो धुन सँग राग
जुन सँग जुनेली छुटे सुन सँग आग
आँखा सँग गाजल छुट्यो ओठ सँग लाली
केश सँग रिबन छुटे, कान सँग बाली
थोपा सँग सागर छुट्यो धुल सँग मोती
पात सँग कोपिला छुटे फुल सँग ज्योति
तारा सँग आकाश छुट्यो बर्षा सँग मेघ
घाम सँग बादल छुटे , हावा सँग बेग
(डायरी को पन्नाबाट )









No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...