Sunday, April 20, 2014

गजल/गीत

गजल

लेख्छौ कलमले ब्यर्थ, नाम सागर बालुवामा
देख्छौ लहरले खेद्छ,  नाम सागर बालुवामा

छाड्देउ सजाउन दुनियाँ,  महलहरु बगरका
भेट्छौ सुनामिले मेट्छ नाम सागर बालुवामा

फुल मरभुमीमा होस् या धुल नदीकिनारहरुका
भोग्छौ समयले रेट्छ, नाम सागर बालुवामा

सतह कि गहिराहीमा कि त मझधार हरुमा
खोज्छौ तर कहाँ भेट्छ नाम सागर बालुवामा

केहीपलको निम्ती किन कोर्छौ नाम बालुवामा
भेट्छौ सुनामिले मेट्छ नाम सागर बालुवामा

बैशाख ७,२०७१ आइतबार
श्रीभक्त पौडेल
चितवन रामपुर,
हाल स्पेन



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...