Thursday, April 24, 2014

शुभकामना हजुरलाई ! (उर्दु सायरिहरु बाट प्रभावित)

                                         शुभकामना 



मेरो शुभकामना सधैं खुशी हजुर लाई  
नपरोस कहिल्यै हुन दुखी हजुर लाई  

सागर जस्तै गहिरो  हजुरको छ भावना 
मोतिको भन्डार छ नदिउकी हजुर लाई 

चाहेको पुगोस आटेको पनि पुगोस सदा 
भगवान सँग यस्तै कामना हजुर लाई

उपहार अरु छैनन् सिवाय यिनै शब्दहरु
चाहिएन मलाई, भगवान पनि हजुर लाई

भाग्यमा उज्यालोको एक किरण नभएर के भो 
चम्कने घाम जुन तारा सब हजुर लाई 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...