कबिता: बहश,धुवा र जिन्दगी
एक खिल्ली चुरोट सल्काउछु
आनन्द कुर्चिमा बसेर फुक्न थाल्छु
आगो नजिक नजिक आउछ
खिल्ली सकिदै जान्छ
धुवा निल्छु फेरी ओकल्छु
खै के लिदैछु मैले?
यो एक खिल्ली चुरोट बाट,
न धुवामा केही देख्छु म
न आगोमा केही पाउछु म?
अझ खरानी बेमतलब
एस्ट्रेमा झार्छु,
न खरानीमै केही हुन्छ,
यस्तै यस्तै सोच्दै थिए
झसँग हुन्छु
चुरोटको ठुटोले हातको औला पोल्छ।
अझ भ्रमित पार्छ त्यो पोलाइले,
कतै मैले चुरोट पिउन त जानिन
जसरी जीवन जिउन नजाने झै?
धत् म पनि,
कसरी चुरोट र जिन्दगी एकै हुन सक्छ?
पुन:प्रश्न तेर्सीन्छ आँफै पट्टी
मन मनको चर्को बहश चल्छ
मनको अदालतमा।
आगो खरानी धुवा चुरोट अनी जिन्दगी
ओहो धेरै सोचमग्न भएछु म
त्यसो भए जिन्दगीको आगो के त?
बहश चल्छ, जिन्दगीको आगो
जिन्दगीको आगो त समय हो
समयले बोकी ल्याएका उतारचडाव
समस्या हो, अनुभब हो
नतिजा हो, जुन चुरोट्को आगो झै
नजिक नजिक जान्छ
खरानी बिगत हो,र समय पनि
अनी धुवा ?? बहश चली रहन्छ
धुवा सपना हुन चाहना हुन
कसरी ? द्दवन्दी प्रतिद्द्वन्दीका बिचारहरु
अदालत मनको एक कुना,
छर्लङ्ग छन् नि सपना र चाहना
उडिरहेका छन्, गोल गोल फुस्स
धुवा जसरी।
तर म रन्थनिन्छु,
के एक खिल्ली चुरोटमा सल्किएको आगो नै जिन्दगी हो त?
¨नो¨भित्रै बाट चिच्याउछु
अह म मान्दिन, नमाने के त?
सहमत र बिमतका सुनामी चल्छन्।
चलिरहन्छन्।
म अर्को एक खिल्ली चुरोट सल्काउदै छु।
nice poem.
ReplyDelete