Tuesday, April 15, 2014

केही भावनाहरु

डर (केही भावनाहरु)...

म धेरै रुन डराउछु, म हास्न डराउछु
त्यसैले आजकाल प्रित गास्न डराउछु
पल पल रातमा ब्युझी रहने डरले म
एेना बताउछ कि म,निदाइन डराउछु।।

आउ अङाल मलाई थाम मेरा हातहरु
बषन्त बहारमा मेहन्दी लगाउन डराउछु
मेरो लाजलाई कमजोरी ठान्नेहरुको भिड
जहाँ घुम्टो उघारीकन,लजाउन डराउछु।।

म धेरै बोल्न डराउछु,कुरो सुन्न डराउछु
त्यसैले हिजोआज गुन गुनाउन डराउछु
दिनदहाड झ्यालढोका लगाउनु पर्ने शहरमा
दिल खोलेर हास्न मात्र हैन रुन डराउछु।।



No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...