Saturday, April 12, 2014

गजल

गजल

हिजो भन्दा आज फरक भए हुन्थ्यो नयाँबर्ष
आज भन्दा भोली फरक भए हुन्थ्यो नयाँबर्ष

फुल मात्र होइन परिवर्तनका घोच्ने काडा पनि
क्रान्ति भन्दा अलि फरक भए हुन्थ्यो नयाँबर्ष

आउँदा हङ्कङ बाट सुन भन्दा भोटबाट नुन बरु
काम भन्दा बोली फरक, भए हुन्थ्यो नयाँबर्ष

न्याय पाउन जनताले कानुन बनोस छिट्टै भनी
नाल भन्दा गोली फरक, भए हुन्थ्यो नयाँबर्ष

आज धेरै आशा धेरै विश्वाष नयाँबर्ष एकहतरको
आज भन्दा भोली फरक, भए हुन्थ्यो नयाँबर्ष

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...