Wednesday, April 23, 2014

दिवसको शुभकामना !!

रास्ट्रिय लोकतन्त्र दिवसको शुभकामना !!

कहिले बहुदलका कुरा कहिले प्रजान्तन्रका कुरा  
फ्याकी राजतन्त्र सबको प्यारो लोकतन्त्रका कुरा 
अनुभुती छिटा सम्म पनि गर्नपाए कस्तो हुन्थ्यो 
संबिधान बनी संघियता अनी जनगणतन्त्रका कुरा

कता गए समाजबादी बहुदलिय जनबादिहरु आज
भाषणमा सिमित किन महिला स्वतन्त्रताका कुरा 
परिवर्तनका हिमायतीहरुको बन्दुक अझै सिरानी मै
भ्रस्टचारिलाई फुलकोमाला कस्तो लोकतन्त्रक कुरा

महङ्गीले शिखर चुम्यो हामी युवा पलायन सधैं
एउटा राजा पाखा लगाइ श्रीपेच भिरतन्त्रका कुरा  
गास,बास,कपासको मेसोमिलाई न्याय देउ हाम्लाई
तबमात्र नया नेपाल भने जस्तो लोकतन्त्रका कुरा         
 
    जय नेपाल जय लोकतन्त्र    

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...