Thursday, February 22, 2018

के भन्ने खै

के भन्ने खै हिजोआज
अनेकौं सपनीहरुमा
लासहरु आएर मलाई
जिन्दगी के हो पढाउन खोज्छन्,
जब म जिवित मुर्दा बनेको हुन्छु
स्मसानहरुमा
काँडाहरुले प्यारको कबिता सुनाउँछन् 
अन्धेरा रातहरुमा
म आँफै पनि पुर्णिमाको गीत गुनगुनाउँछु
के भन्ने खै
सूनामीले शान्त सागरका रूमानी लेख भन्छन्
दुश्मनहरु दुश्मनी बिर्सिएर गूलाब दिन्छन्
आखिर के हुँदैछ?
म र मेरा परिवेशहरुमा
हावाले धुवाँ देखिस् भनि सोध्दैछ
धुवाँले मुश्लो अनि
अनि मुश्लो चिच्याउँछ
कतै लास त देखिनस?
आखिर म पनि त
एेना बनिसकेको रहेछु
जो जो आउँछ जे जे  आउंछन्
म उसैको प्रिय पात्र जस्तै
बनि सकेको रहेछु!
प्यारमा हारेको म
जून शहरमा मान्छे
मनभरी खोट बोकेर प्यार दर्साउँछ
अमूल्य प्यारलाई ब्यापार
सायद् त्यसैले होला
अभ्यस्त मेरा हर सपनाहरुमा
प्रेम कहिल्यै देखा पर्दैनन्
पर्छन् त केवल
प्रेम अनि जिन्दगी सँग नै
थकित मुर्दाहरु !
म झनै मुर्छित हुन्छु
सायद् खुशीले
जब गोरेटाका पत्थरहरु नै
मलाई बोलाएर भन्न् थालछन्
कि श्री सम्हालिएर चाल तेरा पाईलाहरु
भ्रमित हुन्छु म
असमन्जस्यमा पर्छु !
 


Wednesday, February 21, 2018

Req edit song

बिश्वाश थिएन मलाई ति कदम उल्टो चल्लान् भनेर
एक पटक पनि सोचिनौ दुनियाले के भन्लान् भनेर

कैयौ जंघार त संङ्गै संङ्गै तरेका थियौं हामीले भने
सोचेको थिइन तिनै हातले खाडल खन्लान् भनेर

अति ठूलो भरोषाको महल बनाउंदै थिएं म तर
रंङ्गिन रंङ्गहरुको बदलामा मोसो दल्लान् भनेर

फक्रंदै थियो बगानमा एउटा मात्र 'लाल गूल़ाब'
त्यहि गूलाबको बोटमा अब आगो बल्लान् भनेर

Git glowprakash

रुने छैन छोडि जाने उनलाई सम्झिएर
बादलुले छेकेका ती जूनलाई सम्झिएर

टल्किएकाले धोका दिए आज जिन्दगीमा
ढुङ्गो निक्ल्यो कसी लाउँदा सुनलाई सम्झिएर

रुने छैन छोडि जाने उनलाई सम्झिएर

छोटो यात्रा साथ पाएं हांसी खुशी कट्यो
संङ्ग संङ्गै कसिएका ति धुनलाई सम्झिएर

छायाले त साथ छोड्छ रे  तिमी पर्यौ मान्छे
प्रेम पत्रमा पोतिएका खुनलाई सम्झिएर

बादलुले छेकेका जूनलाई सम्झिएर !




song

आखिर किन मिठो साथ छुटाएर गयौ
फक्रिएको लाली यौवन लुटाएर गयौ

तिम्रै नाउँमा यो जिन्दगी बकपत्र दिएं
बिश्वाशघात नै मेरो लागि जुटाएर गयौ

सपनाको घर भरोशाको जग बन्दैगर्दा
हाम्रो थियो शिशा महल फुटाएर गयौ

आखिर किन मिठो साथ छुटाएर गयौ
फक्रिएको लाली यौवन लुटाएर गयौ


के भूल थियो मेरो मायामा खोट भए देखाउ
जिन्दगीमा जिन्दगी कै साथ टुटाएर गयौ

आखिर किन मिठो साथ छुटाएर गयौ ??

Tuesday, February 20, 2018

गजल

सोच्दासोच्दै बिहान भै'सकेछ 
चाहानाको चिहान भै'सकेछ !!

सग्लाथिए मेरा हर सपनाहरु  
देख्छु सप्नाकै चिरान भैसकेछ !!

दखल अन्दाज समयकै खेल 
अचानो पो सिरान भै'सकेछ !!

बिक्रिमा राखेको यो जिन्दगी 
पत्तै भएन लिलाम भै'सकेछ !! 

घाईते थिएँ म बेहोशीमा अझै 
घाऊहरुको निदान भैसकेछ !!

गजल


म त अल'पत्रै पर्छु तिमी नभएको बेला
मुटु चल्दाचल्दै मर्छु तिमी नभएको बेला !!
(मतला रेबिका जि)

खै के भयो भयो सानु हिजोआज मलाई
थाहै हुन्न केके गर्छु तिमी नभएको बेला !!

दिवा-स्वप्नहरुले पनि सताईरहेकानै हुन्छन्
माथिपुग्छु झसँङ्ग झर्छु तिमी नभएको बेला !!

सङ्गिनीले कुरा काट्छन्न मेलापात पँधेरोमा
भरिएका गाग्री भर्छु तिमी नभएको बेला !!

भन न 'सानु, मलाई के यही माया हो ?
आफ्नै छायासङ्ग डर्छु तिमी नभएको बेला !!

गजल



















- कल्पना पौडेल आचार्य 
स्पेन 


आउला कि नआउला जो सरकार गाउँमा
बालुवाटार र राजधानिको अधिकार गाउँमा !!

बिखन्डित अनुभुति टुक्रिएको आभाश मात्र
कसले हो सुन्ने अब हाम्रो सरोकार गाउँमा !!

स्वाभिमानको खातिर रेटिए शिर सिमानामा
लगाएस है मजबुत कडी र गजवार गाउँमा !!

सुनिन्छन् अनेकौं कानेखुशी तेरोमेरो भन्नेको
गर्लान् त के साँच्चै अब परोपकार गाउँमा  !!

देखेका थियौं लाखौं सपना खुल्ला आँखाले 
गरेस है सरकार ति सपना साकार गाउँमा !!


Monday, February 19, 2018

गीत / गजल

जति म गहिराईमा डुबें प्यार भेटें मैले
फरक यात्रा फरक गन्तब्य यार भेटें मैले !!

थाहाथिएन जिन्दगी एती सुन्दर हुन्छ भन्ने
यीनै पतझढहरुमा आज बहार भेटें मैले !!

सोच्थें सधैंं यो दुनियाँ साँघुरो गल्ली रहेछ 
तर मन जस्तै फराकिलो संसार भेटें मैले !!

सिक्दै थिएँ डुबुल्की मार्न ताल-तलैयामा
मझधारहरुमा नै अहिले जँघार भेटें मैले !!

न फर्कन सक्छ आफन्त न अघि बढ्न
आँफैलाई लाजलाग्ने दो'धार भेटें मैले !!

Sunday, February 18, 2018

गजल कश्मकश

कसैका ती आँखाका रस, पिउने बानी परेछ
के भनुँ म अरु खै! बस, पिउने बानी परेछ !!

मधुर टिलपिल् तारा,, चन्द्रमा देख्न थालेपछि
मिठा जहर कश्म'कश,, पिउने बानी परेछ !!

जब चल्न थाले यिनै, अस्थिर मेरा कदमहरु
जमघटमा समेत् लसपस, पिउने बानी परेछ !!

एकै बसाईमा उनका, यी तस्बिर कोरिन्छन्
उही सौन्दर्यता टस'मस, पिउने बानी परेछ !!

जती बयान गरेँ गरेँ, नपिउने नै को छ र
नभन्नु श्री'लाई सोमरस, पिउने बानी परेछ !!

गजल बर्बाद छन् म सङ्ग

गजल
------

टाढा छ्यौ र पो याद छन् म सङ्ग 
यादैयादका यी सौगात छन् म सङ्ग !! 

खुशीका रङ्गहरु पिरतीका बादलमा 
अबोध प्रेमका बर्षात छन् म सङ्ग !!

सम्हाली नसक्नु भो छचल्किए यौवन 
उफ्!जवानीका उन्माद छन् म सँग !!

प्रेमका कबिता प्रेमकै मनोबादहरु  
स्वपनिल सु'हागरात छन् म सङ्ग !!

ओई के भो तँलाई सोध्दैछन् सखे 
सायद् मेरै नै बर्बाद छन् म सङ्ग !!

Saturday, February 17, 2018

यो कस्तो मिठो आभाश हो

यो कस्तो अनौठो परिबेश हो
यो कस्तो मिठो आभाश हो 
जो छैन साथमा
उसैको एहशास भो,
उसैको आगमन,
उसैको स्पर्श 
नितान्त खुलै छन्,मेरा नयनहरु
न उ आएको देख्छु
न उ फर्किएको नै
र पनि चुपचाप सुनिरहेको हुन्छु
उनैका पदचापहरु,
खै यो कस्तो अनुभुति हो?
बिना हावा सुवास छरिन्छन्
शरीरमा काउकुती लाग्छ!
म अनि मेरो एक्लोपनलाई
जिस्काउँछ अनौठा सर्सराहटहरुले
यद्ध्यपी, यी मेरा सपना भने होइनन् !
फूलहरुले शुसेल्न थाल्छन्
जुनेलीले गुनगुनाउन
म मा उन्माद जागेर आउँछ
नपिएरै पनि मात मातेर आउँछ
मन मतमताएर आउँछ!
एति मात्र हो र साथी
भिडमा एक्लो र
एक्लोमा भिडको महशुस हुन्छ!
नकाबी मायालुहरुले छुन खोज्छन्
बेनामी प्रेमपत्रका खात लाग्छन्
भनिहालें नि
ब्युँझन मन नलाग्ने सपनाहरु
रात झनै छोटा लाग्छन्
न याद न परिकल्पना
र पनि म हराएको हुन्छु
एक्लैएक्लै मुस्कुराइरहेको हुन्छु 
के यो पगलपन हो?
होईन, यो आवारापन पनि त होईन
आखिर के हो,
किन यस्ता अनुभुतिले
चिमोटिरहेका हुन्छन् त मलाई?
कोमल चुट्किहरुले
निमोठिरहेका हुन्छन्
दुख्दैन कत्ति पनि कतै पनि
फुरुङ्ग छु म
पिन्जडा भित्रका
स्वतन्त्रताको आभासमा हुन्छु !
यो कस्तो अनौठो परिबेश हो
यो कस्तो मिठो आभाश हो 
-------------
फाल्गुण ५, २०७४ शनिबार
पेर्सेओ काइीए ५१
आल्बिर, स्पेन, 

बन्धक छु म,

हो बन्धक छु म आज,
हिजो पनि त बन्धक नै थिएँ 
निला खुला आकाशको तल
समयका पर्खाल भित्र
पर्खाल बाहिर पनि
परन्तु,
स्वतन्त्रताको अड्कल बाजिमा
रमाई रहेको हुन्छु म हर पल
वरिपरि म देख्छु
म जस्तै लाखौं अनुहारहरु
जो निस्फिक्री उँडेको घमन्ड गर्छन्
तर के थाहा यिनीहरुलाई?
सिमित परिधि भित्र
कति कुन्ठित र जकडिएका छन् भन्ने कुरा,
न पाइला अधिनमा छन्
न मन स्वाधिनमा नै
तैपनि बिवश छु म
नितान्त एक पात्र जस्तै
उठ र बसको आदेशमा 
कि म पनि खुला आकाशमा
फुरुरु उड्न सकुँ
तर,
वास्तविकता त्यो छैन यहाँ
मेरा पखेंटा काटिएका छन्
पिंजडा बाहिर छु
र पनि उड्न सक्दिन,
किन कि बन्धक छु म,
बन्धक बनाईएको छु 
मानबताको अलिकती छिटाले
गास बास र कपासले भरिपूर्ण छु
तर खट्किरहेको छ
एउटा छुट्टै आभाश
स्वतन्त्रता र उन्माद सहित् 
जिन्दगीको,,
बन्धक छु म,
थाहा छैन कहिले सम्म ?
म यो खुला तर बन्द
भग्नाबेशहरुमा रुमल्ली रहेको छु,
हारेको छैन जमर्को गर्न
तोड्न सारा बन्धनहरु!!

गजल














लौन सुर्के डोरी, कस्छु भन्छ मान्छे
तिखा चक्कु छुरी, धस्छु भन्छ मान्छे! 

आँफै माथि छैन, मानबता र बिश्वाश्
मान्छे मारी पुरी, बस्छु भन्छ मान्छे !

जीवन लाग्छ बैराग्, जिन्दगी बोझ् रे  
बांच्नु भन्दा भेरी, पस्छु भन्छ मान्छे !

कैयौं युद्ध सह्यो, सह्यो गोला बारुद्
अझ् क्रान्तिका दुरी, कस्छु भन्छ मान्छे!

सिमा कोर्यो खुकुरीले, बलिदानी शौक     
चन्द्र टेकी फेरी, खस्छु भन्छ मान्छे !!

मेरो कपुरी क अनलाइन पत्रीकामा प्रेसित 



Thursday, February 15, 2018

ए! कबिहरु हो!


----------
ए कबिहरु हो!
मलिन ति ताराहरुको पनि त,
गीत लेखे हुन्थ्यो
पुर्णिमाको बयानमा मात्र,
कति कबिता लेख्छौ ? 
सधैं फक्रिएका गुलाबका मात्र
कति तारिफ गर्छौ?
यी घोच्ने तिखा बिषालु काँडामा,
प्रित देखे हुन्थ्यो
आखिर किन?
यती धेरै मतलबी हुन्छौ,
फूलका कालिनले
कसलाई पुगेको छ र यहाँ?
मान्छे काँडामा बिस्तारा लगाउन थालिसके
किन देख्दैनौ ए! कबिहरु हो?
नजर बिषालु, सोच बिषालु
निलिए बोलिका मिठास
भने अझै
फूल र चन्द्रमाको मात्र गीत लेख्छौ? 
उही नक्कले पिरतीका गीत लेख्छौ? 
यहाँ त प्रेम नै हरायो
जहाँं माया रोपिन्थ्यो वहिं
तिरस्कार उम्रिए
जहाँं विश्वाश हुर्किन्थे वहिं
अन्तरघात हुर्किए भने
अझै थाकेका छैनौ
कल्पनाका कबिता कोरेर?
ए कबिहरु हो!
छोडिदेउ क्रान्तिका कबिता कोर्न
क्रान्ति कसले चाहेको रहेछ र यहाँ?
आखिर चाहेका त सबैले
शक्ति नै त रहेछन् नि!
परिवर्तनका बिगुल फुक्ने
ए कबिहरु हो!
देख्यौ परिवर्तन के रहेछ?
पाप लाग्लान्
तिम्रा कलमका निबहरुलाई पनि अब
छोडिदेउ वाईघातका कबिता कोर्न
बिर्सिदेउ अब तिमीले नै
कि कलममा ताकत हुन्छ
कलममा बिद्रोह हुन्छ
कलममा क्रान्ति हुन्छ!
देख्दैनौ?
काला कोटहरुले नै
कलमका बलत्कार गरेका
त्यसैले त,
यो आफन्त चिच्याउँछ     
ए कबिहरु हो
छोडिदेउ नरमबादमा कबिता कोर्न
त्यागिदेउ क्रान्तिका कलमहरु
लत्याइदेउ तिम्रा बिचार 
फूल र चन्द्रमाका कबिता कोर्न !





Wednesday, February 14, 2018

प्रेम प्रस्ताबहरु ...gajal

कैयौं ति गूलाबका, बोट रित्तीए
भने ओखती बिना, चोट रित्तीए !!

रित्तीए रे जवानी, लाईम लाइटमा
छाम्दा गोजि बाट नै, नोट रित्तीए !!

साटेको देखेँ, फूल सङ्ग यौवन 
यौवन सङ्ग सङ्गै, कोट रित्तीए !!

के दोश थियो? फक्रिए गूलाब
पुर्णेका चन्द्रबाट, खोट रित्तीए !!

रोकिएन गाडी, बेफिक्री उन्मादका
दुर्घटना निम्त्याउँदै, ओट रित्तीए !!

रगतले लेखिन्थे, प्रेम प्रस्ताबहरु
चुँडिए निस्फिक्री, बोट रित्तीए !! 

song for Pradip



कान्छी! चिसो हावाले.. कान्छी.... चिसो हावाले
मलाई लोभ्यायो, तिम्रो मायाले -

कान्छी ! चिसो हावाले .. कान्छी .... चिसो हावाले   
मलाई डोर्यायो, तिम्रो छायाले -

सररर.... हावा चल्यो मुटु नै बिझाउने
अझै पनि याद आउँछ तिम्रो मुहार
चाल नपाई रिसाउने

कान्छी ! मिठो बोलिले .. कान्छी .... मिठो बोलिले
मलाई लोभ्यायो, ढाका चोलिले -

कान्छी! यो कस्तो रहरले .. कान्छी ... यो कस्तो रहरले
मलाई लठ्यायो, पापी नजरले -  

लललल.... देउरालीको उकाली बाटो
मिली फुकाऔँ सानु
हाम्रो पिरतीको गाँठो

कान्छी! चिसो हावाले.. कान्छी.... चिसो हावाले
मलाई लोभ्यायो, तिम्रो मायाले -

Monday, February 12, 2018

गजल: चांदले सताउँछ भनि !!


महशुस हुँदैछ आज, रातले सताउँछ भनि
सोचेकै रहेनछु मैले, यादले सताउँछ भनि !!

छोडेको थिएँ पिउन, भुलेँ मधुशालाका बाटा
थाहै थिएन मलाई त्यै, मातले सताउँछ भनि !!

कच्चा रहेछु म प्रेममा, जवानी बित्यो ख्यालमा
बेहोशीमा गरेका तिनै, बातले सताउँछ भनि !!

सोच्नु पर्ने थियो परन्तु, सोचिन कहिल्यै सायद 
मलाई झैँ उस्लाई मेरै, घातले सताउँछ भनि !!

चस्किन्छ छाती झस्किन्छु म, कसलाई सुनाउँ कथा
छैन विश्वाश पुर्णिमाका, चांदले सताउँछ भनि !!  

भिन्न गजल


कहिले आगो, कहिले धुवाँ, कहिले खरानी बनेर 

मायाको ठेकी, मायाकै नेती, कहिले मदानी बनेर !!

छुवाई मिठा, रुवाई मिठा, मिठा हर सपनीहरु 
धुक् धुकिमा, ढुक् ढुकिमा, कहिले परानी बनेर !!

कबितामा छौ, गजलमा छौ, छौ हरेक् नजरहरुमा
आउंछ्यौ तिमी, छाउँछ्यौ तिमी, कहिले रुमानी बनेर !!   

शुशेलीहरुमा, सुस्केराहरुमा, थकान् मेट्ने चौतारीमा 
देउरालीमा, भेटिन्छ्यौ सानु, कहिले जमानी बनेर !!

बिहानी निशा, सन्ध्याका लाली, रातका चार् प्रहरमा 
कहिले बाल, कहिले प्रौढ, कहिले जवानी बनेर !!

Sunday, February 11, 2018

req edit

भूल त भन्यौ तर भूल्न सकिन रातभर
साँझ मै झरेँ सानु फूल्न सकिन रातभर

सजिला नै थिए हरेक माहोलहरु त्यहाँ
परन्तु त्यो माहोलमा घुल्न सकिन रातभर 

त्यो सुन्दरतामा बेहोशी रहेछु त्यसैले म
हरेक प्यालाहरुमा झूल्न सकिन रातभर

दबाएर राखें, मनका चाहनाहरु सबै
साथमा थियौ रपनि,खुल्न सकिन रातभर

स्वतन्त्र छ र थियो आफन्त सधैं सधैं 
मधुर बत्तिहरुमा डुल्न सकिन रातभर

मजा अर्कै छ


थाहा छ, रुनुको पनि, मजा अर्कै छ
तिम्रो म, हुनुको पनि, मजा अर्कै छ !

नसोध , मायाको अर्थ, जिन्दगी मेरो
तस्बिर, छुनुको पनि, मजा अर्कै छ !

सम्झेर,, रुनुको पनि,,, मजा अर्कै छ .......

मधहोस्, रातमा सधैं, उन्कै आलिङ्गन्
छातीका, कुनुको पनि, मजा अर्कै छ !

पछ्यौरी, नमैलाऊ है, जमाना खराब्
रुमाल, धुनुको पनि, मजा अर्कै छ !

सामिप्य, सब्को नसिब् मा, नहुन सक्छ 
यादमा, नुनुको पनि, मजा अर्कै छ  !

Saturday, February 10, 2018

प्रेम पत्र।










खै? कसरी र के पो सम्बोधन गरुँ म आज तिमीलाई?
त्यसैले बिनै सम्बोधन सुरु गरें आजको यो प्रेम पत्र।

हो प्रेमपत्र नै सम्झ आज तिम्रा लागि नै भनेर कोरिएका यी शब्दहरु यिनै देखावटी प्रेम दिवसका सन्ध्याहरुमा!

थाहा छैन कोही किन कसैलाई, त्यती धेरै प्रेम गर्छन्, म त तिमीलाई यती मात्र प्रेम गर्छु कि जती तिमीले बुझ्न सक्छ्यौ, जती तिमीले आफ्नो आँचलमा सम्हाल्न सक्छ्यौ, परेलामा लुकाउन सक्छ्यौ अनि ओठमा मुस्कान बनाएर देखाउन सक्छ्यौ! कि त्यो मुस्कानले यो दुनियाँ नै जलोस बरु। तर गर्दिन म तिमीलाई त्यती धेरै प्रेम कि जसले तिमीलाई रुवाओस। हो, प्रेमले रुवाएको देखेको छु मैले, दुखाएको देखेको छु मैले त्यसैले त मैले लेख्ने गरेको हुन्छु नि " कि त्यो प्रेम नै कसरी हुन्छ जसले हरपल रुवाएको हुन्छ"? त्यसैले त भन्दैछु नि म त्यो प्रेम, त्यस्तो प्रेम तिमीलाई कहिल्यै गरिन र गर्दिन पनि। जुन प्रेमले आसुँ निम्त्याओस, रात नै नपर्दै बिहानी निम्त्याओस। म त्यस्तो प्रेम गर्छु, म त्यस्तो माया दिन्छु, कि जुन माया प्रेमले जिन्दगी जिउने बहाना मिलोस, बाँच्ने अभिलाषा बढोस्, चाहनाहरु बढुन् हाँस्ने र हँसाउने। त्यो प्रेम जसले बेरङ्गमा रङ्ग पोतोस, त्यो प्रेम जसले हरेक सम्बन्धमा माधुर्यता देओस, हरेक मन मुटुमा एस्तो तरङ्ग देओस कि जसले हर ब्यथा र पिडा भुलाओस अनि हरेक उम्रिएका बुट्यानहरुमा फूल फूलाओस।

हर रात म तिमीलाई पाउँछु, तिमी मलाई पाउँछ्यौ, हामी हामीलाई नै पाउछौं हाम्रै अङ्गालोमा भने किन चाहियो हामीलाई 'अङ्गालो दिवस'? हाम्रा साथहरुमा नै यती मिठास हामीले पाउछौं हरपल भने किन चाहियो हामीलाई रङ्गिन प्लास्टिकले बेरेका चकलेटहरु? त्यसैले त म दिन्न बनावटी हग्स(अङालो) न म तिमीलाई दिनेछु बजारीया चकलेटहरु नै। जब तिमी मेरो र म तिम्रो नै हौं भने किन गर्नु पर्‍यो बर्षमा एकदिन 'प्रस्ताब'? कहाँं लुकेका हुन्छन प्रेम कसले देखाउन सक्छ त्यो प्रेम जुन चकलेट, गूलाबका फूल र प्रस्ताबहरुमा?

हरेक बगानमा तिम्रा नाम लेख्न चाहन्छु, हरेक मौशमले तिमीलाई सृङ्गार्न चाहन्छु, पालैपालो चन्द्रमा र ताराका नामका उपनाम दिएर बोलाउन चाहन्छु , सागरका नुनिलो पानीमा सङ्गै डुबुल्की मार्न चाहन्छु। हो तिमीसङ्ग धेरै थोक गर्न चाहन्छु, जुनकुराहरु यस दुनियाँमा सम्भब छन् र रहनेछन् सदैब। स्वपनिल धरातलमा उभिएर,काल्पनिक भर्र्याङ्ग चढेर म तिमीलाई माया गर्न सक्दिन कहिल्यै पनि। किन कि हामी दुबै यस धरातलमा छौं भने म तिमीलाई धरातलिय नै प्रेम दिन्छु गहिराईका प्रेम त जलचरहरुले नै देलान सायद।

हो, म मायालु छु मलाई कुनै प्रिटेन्ड गर्नु छैन कि तिमीलाई म मायालु लागुँ, कियरिङ्गग लागुँ। म तिमीलाई माया गर्छु बस यती मात्र भन्छु कि म जान्दिन त्यस्तो माया गर्न जुन माया यो वास्तविक मानब धरातल भन्दा बाहिर गएर गरियोस। उपनाम दिउला "मेरी चन्द्रमा र चाहकिली तारा" भन्दै तर म झुटो कसम खाँदिन कि त्यो चन्द्रमा र तारा यो धर्तिमा ल्याउनेछु भन्दै। भनिहाले नि सुरुवात मै, कि म त्यस्तो प्रेम दिनेछैन म त्यस्तो माया पनि चाहने छैन जसले जिन्दगी जिउन सहजताको सट्टा असहजता मात्र दिओस। म चाहन्न तिमीबाट पनि कुनै बलिदानी मायाप्रेम म जस्तो दिन्छु तिमी जस्तो बुझ्छ्यौ हो त्यस्तै दिए पुग्छ। खुशी छु म आज तिम्रो मायामा र खुशी नै रहन पाउँ जिवित जीवनका अन्तिम पलहरु सम्म ।। बस आजलाई एती भन्छु कि तिमी मेरी माया हौ म तिम्रो प्रेम बन्न सकुं। यो संसारीक देखावटी माया र मोहबाट टाढा बस्न सकौं।आखिर माया नै त आभास हो, अनूभुति हो जुन आभास र अनुभूति अन्धा र बहिराले पनि गर्न सकुन। आखिर आज माया किन बजारको रमिता बन्दैछ? किन बन्दैन माया प्रेमका कबिताहरु? किन प्रस्फुटित हुँदैनन् माया कलमका सहाराले गजलहरुमा? निकै सरल तर अद्भुत छन् मायाका अनुभबहरु अनूभुतिहरु। त्यसैले त म यस्तो माया दिन्छु तिमीलाई कि टाढा रहेर र रहन परेपनि 'दुर' को आभास कहिल्यै हुनेछैन र हुन पनि दिने छैन।


आज म तिमीलाई शुभकामना प्रेम दिवसको भनेर पनि भन्न दिन चाहन्न किन कि यो एकदिने रमिताले हाम्रो माया, प्रेम बुझ्न त झनै कदापी सक्दै  सक्दैन। किन कि हामीले मनाएका छौं हरेक पल प्रेम दिवस। जहाँ सङ्गै मुस्कुराई रहेका हुन्छन् विश्वाश, आत्मियता र आदर र सत्काराका फूलहरु। माफ गर "कालु" आश नगर कुनै फूलहरुको,कुनै चकलेटहरुको न कुनै बनवटी चुम्बन र आत्मियता बिनाका अङ्गालो नै।।

उही तिम्रो प्रेम उही हाम्रो माया
उही तिम्रो कालु



Wednesday, February 7, 2018

आफन्तको एक गजल

उनको छाया पछ्याउंदै, जुनेलीमा धाएं कति
कबिता लेख्दै सच्याउंदै, उजेलीमा गाएं कति

नजरको त्यो ईशाराले, बोलाउंदा कैयौं पल्ट
उल्टो पाइला लज्जाउंदै,गोधुलीमा आएं कति 

झम्के साँझमा बिदाईको,सपनीमा भेट्ने बाचा
निदरी लाई छक्याउंदै, अन्धेरीमा छाएं कति

दुनियाँका ति आँखाछल्दै,बोकी ल्यायौ प्यारहरु
बाधा अड्चन लत्याउंदै, अन्जूलीमा खाएं कति

कहिले उड्यौ आकाशमा,बादलुका छाती भित्र
नदी सागर लट्ठ्याउंदै, बहेलीमा पाएं कति !! 

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...