Wednesday, March 31, 2021

बालपनका यादमा

याद छ नि, त्यस्तो कुनै जमाना हुन्थ्यो 
जहाँ खुशी, र उमङ्गका खजाना हुन्थ्यो !!

दौडन्थ्यौ साँझमा, जूनकिरीको पछीपछी 
बिहान, पुतलीसङ्ग बिहेको चाहना हुन्थ्यो !!

माटोको भात पाक्थ्यो, माटाकै भाँडाकुँडीमा   
कसोरी बयान गरौं, बालपन सुहाना हुन्थ्यो!!

कहिले घर पछाडी कहिले टौवा कटेरा मुनी 
बालबच्चा हुन्थे थाहाछैन कहाँ ठेगाना हुन्थ्यो!!   

म स्कूल जान्न आज, पेट दुख्यो आमा  
सिकाउनै नपर्ने ती, अनेकौं बहाना हुन्थ्यो !!

Sunday, March 21, 2021

ब्यङ्ग्य गजल आधुनिक कम्रेडहरु, बुर्जुवासङ्ग बसेर बिग्रिए

जङ्गलका सद्दे स्यालहरु, शहर पसेर बिग्रिए 
यहाँका साधु-शन्त धेरै, खरानी धसेर बिग्रिए !!

गुमनाम भए रे,पहिचानका नारा लाउनेहरु नै 
पटुका त चिन्दैनन्,घांटीमा टाई कसेर बिग्रिए  !!

सहिद गेट रुन्छ, भद्रकाली र पचली सम्झिंदै 
गणतन्त्र ल्याउने, एक आपस मै डसेर बिग्रिए!!

बिग्रिए बिग्रिए भेंडा बाख्रा समेत बिग्रिए साथी  
टुप्पै पुग्न लागेका बानर, फेदमै खसेर बिग्रिए !!

रगत उम्लेर आउंथ्यो, क्रान्तिका कथा पढ्दा 
आधुनिक कम्रेडहरु, बुर्जुवासङ्ग बसेर बिग्रिए !!

तिमी हुरी बनेर आउ, म पात बन्नेछु

तिमी हुरी बनेर आउ, म पात बन्नेछु 
तिम्रा मौनतालाई चिर्ने, म बात बन्नेछु !!  

सबै चाहन्छन् सपना देख्न यहाँ त्यसैले 
तिमी साँझ बनेर आउ, म रात बन्नेछु !!

मज्जा आउँछ भन्छन्, बेहोशीमा झुम्दा 
तिमी नशा बनेर आउ, म मात बन्नेछु !!

दुबिधामा देखिन्छन् मान्छे अनि सम्बन्ध 
तिमी विश्वाश भै हेर त, म घात बन्नेछु !!

लड्न दिन्न तिमीलाई, डुब्न् त झनै दिन्न 
हरेक पलमा साथदिने, म हात बन्नेछु !!


सबथोक भएर त पनि, रित्तै लाग्दैछ जिन्दगी !!

जस्तो भोग्यो त्यस्तै, त्यस्तै लाग्दैछ जिन्दगी 
किन नभन्नु त मैले? एस्तै लाग्दैछ जिन्दगी !!

के पो छैन र म सङ्ग? आसुँ पिडा अभाब 
सबथोक भएर त पनि, रित्तै लाग्दैछ जिन्दगी !!

आउ लैजाउ म सङ्ग, मेरा ति हर सपनाहरु 
महंगाई बढ्यो भन्दैछन् सित्तै लाग्दैछ जिन्दगी !!

नसोध मोल मलाई केहीको, होशमा छैन म 
डुबेको हुन्छु झोलमा,, निस्तै लाग्दैछ जिन्दगी !!

न भारी छ न बोझ,, कस्तो गरुङ्गो आभाश  
आफ्नै छायाँले समेत, थिच्दै लाग्दैछ जिन्दगी !!

Saturday, March 20, 2021

मृत सपनाका मलामी अनि त्यो घाट

घाटले पनि धान्नै नसक्ने भयो 
हरेक दिन मरेका सपना लिएर 
ओईरिरहन्छन् घाटमा घुइँचो बनाउँदै 
थाहाछैन जल्छन् या जल्दैनन् त्यहाँ 
जहाँ जिउँदा लाश जलेका हुन्छन्
मरेका सपनाहरु ।। 
अभावै अभावमा बाँचेका सपनाहरु  
चाहनै चाहनामा साँचेका सपनाहरु 
मुर्छित, अर्धमुर्छित सपनाहरु 
दुनियाँबाट लखेटिएका छन् 
मृत घोषणा गरेर,
नचाहँदा नचाहँदै तगारो नाग्दै 
निस्किरहेका छन् मलामीहरु ।। 
सधैं रुमाललिरहनु पर्ने घाट पनि 
न सुस्ताएको धेरै भयो 
घाट आँफै तिरस्कार गर्छ 
जिवित मलामीहरुलाई जसले
घाटलाई नै बोझिलो बनाएको छ 
धुवाँ-धुवाँ बनाएका छन् घाटलाई।। 

Friday, March 19, 2021

गजल चोटमाथि आरा चलाई, नोट दिएर जानेले नै !!

किन सोध्थ्यो र खबर, चोट दिएर जानेले नै 
चोटमाथि आरा चलाई, नोट दिएर जानेले नै !!

बिर्स्योहोला गाउँको बाटो, मान्छे हो शहरको 
यो भिकारीलाई हिजो, कोट दिएर जानेले नै !!
 
गाउँदैन अब गीत उस्ले, जुनेली र रोषनीको 
पुर्णिमाको जूनलाई,,, खोट दिएर जानेले नै  !!

कसलाई केपो भन्ने हजुर दुनियाँको रीत एस्तै 
खानुपर्छ यहाँ ठक्कर, ओट दिएर जानेले नै  !!

गीत: यो मनको डालीमा

कहिले गाजल कालीमा, कहिले ओठका लालीमा 
एउटा फूल फूलाईदेउ,,,,, यो मनको डालीमा

हिजो बनका पाखाभरी,, आज मनका आँखाभरी 
मनका चरी उँडाई देउ,,,, यो मनको डालीमा 

कति हेरुँ माथि आकाश,, खोज्दै मिठा आभाश  
एउटा घर बनाई देउ,,,,,, यो मनको डालीमा
 
घरिघरी नजर पुग्छन्, ति तिम्रा कानका बालीमा  
पिरतीका गुँड बनाइदेउ,,,, यो मनको डालीमा 

कहिले गाजल कालीमा, कहिले ओठका लालीमा 
एउटा फूल फूलाईदेउ,,,,, यो मनको डालीमा

Tuesday, March 16, 2021

आफन्तको गजल

न आउनु थियो,, याद आयो
थोर थोरै हैन, नि'र्बाध आयो!!
 
खुल्दुली भयो, झन मन् बेचैन   
पूरानो मायाको ब'र्बाद आयो!!  

खडेरीले,,, ब्याकुल थिएँ म 
छि जवानीको, ब'र्षाद आयो!!

सोचेकै हैन,, एस्तो'नि हुन्छ  
औंशीका रातमा, चाँद आयो!!
 
कसले भन्छ,,,, पिउनु भनेर  
न प्युँदा त झनै,, माद आयो!!

Monday, March 15, 2021

लोकगित दोहोरी

 यो बैंश पापी डोकोले थुन्ने भा
आउँथ्यौ नजिक बोलाको सुन्ने भा 

डाक्नु किन ईशारामा बोलाउन 
छोड्देउ अब मलाई सम्झी टोलाउन 

सुख्खा सुख्खा गैरी खेत सुख्खा भो 
बल्ल भने यो मनलाई ढुक्क भो 

झिसमिसेमा आँटो पिठो खाएर 
लाउँला खेती सङ्गै दोहोरी गाएर  

जोत्लाउ टारी फाँडेर ढड्डी घाँस 
मल बनाउँला माडेर बन्सो घाँस 

छाडा सृङ्गारिक गजल

नलजाई भन आज ति, तिम्रा रहर चुमीदिन्छु   

गूलाबी ओठका तिखा मिठा, लहर चुमीदिन्छु !!

 

प्यास बड्यो छटपटी बड्यो, नदी देखाई देउ 

नदी मात्रै किन जवानीका, बगर चुमीदिन्छु !!


सुम्सुम्याउँछु म थपथपाउँछु, यौवनका खाडल 

कुना काप्चा लेक बेंशी सब,शहर चुमीदिन्छु  !!


ढल्की जाने जोवन भन्छन्, उर्ली आउँदा बैंश

ईशारा देउ कामुकतासङ्गै, नजर चुमीदिन्छु  !!


के नै रह्यो बाँकी अब, चुस्न चाट्न भन सानु 

भन्छ्यौ भने तिम्ले त अब, जहर चुमीदिन्छु !! 


pic google

गजल

एदी यो जिन्दगी नै, एक किताब हुन्थ्यो भने 
बुझ्थ्यो थोरै अप्ठेरो, बरु हिसाब हुन्थ्यो भने!!

हार्न थाल्यो जीवन सङ्ग, सत्ते कसम जिथ्यो 
धोकाधडी बिरुद्धमा, कतै चूनाब हुन्थ्यो भने !!
 
नत जान्यो जिउन उस्ले, न'त जान्यो पिउन  
सपनाहरुको यथार्थ सङ्ग, मिलाप हुन्थ्यो भने !!


हार्ने थिएन पक्कै, जिन्दगीका कुनै मुद्धाहरु   
यो समयले दिने निश्पक्ष, निशाफ हुन्थ्यो भने !!


हाँस्छ गाउँछ नाच्छ 'आफन्त' यो दुनियाँ हेरी 
फाँसी चढ्थ्यो 'श्री',दुनियाँ खिलाफ हुन्थ्यो भने !!


Sunday, March 14, 2021

उध्रिए कैयौं ति सपनाहरु, धर'धर्ती यहाँ

आफ्नो त जिन्दगी नै सधैं, चर्चामा साथी 
छापिएला कुनै-दिन रङ्गिन, पर्चामा साथी!!

उध्रिए कैयौं ति सपनाहरु, धर'धर्ती यहाँ 
न देखाउन सक्छु फिल्मी, पर्दामा साथी !!

सिपाही हुँँ म भन्थेँ, जिन्दगीका मैदानमा  
पदन्नोती पनि भएन कुनै, दर्जामा साथी !!
 
खै कसरी भनुँ म यो, उधारको जिन्दगी 
एेनकेन चल्दैछ मौखिक, कर्जामा साथी!!

जानिनजानी, पिउन पनि जानियो उहिल्यै 
यो कस्तो लत बस्यो, सुर्ती-जर्दामा साथी!!

Saturday, March 13, 2021

केही रमाइला शेरहरु

सबले भन्छन्. रात रुन्छ अन्धेरोमा 
खै त बिहानी सीतमा, नुनिलो भेटिन !!

जिउँदाको जन्ती, मर्दाको मलामी भन्छौ   
कसम एउटा पनि छिमेकी, गुनिलो भेटिन !!

जङ्गल पठाए, झिक्रो लिएर आ'भनि 
रित्तै फर्किएँ बनमा एउटै, सुरिलो भेटिन !!

एक्लै किन बस्छस्? कर्कसो सुन्छु 
भन्या जस्तै त अझै कतै, गतिलो भेटिन !!

प्यासले प्याक प्याक, पो भएँ ए लौन 
कुवा त भेटें कैयौं परन्तु, रसिलो भेटिन !!

भौंतारिएको थिएँ कुनै दिन म पनि त शहरमा 
अङ्गालो त कोमल थिए, कसिलो भेटिन!! 

मनछुने गजल

थोरै जमिन् टेक्न-पुग्ने, माटो भए पुग्छ 
त्यही माटो सम्म पुग्ने, बाटो भए पुग्छ !!
 
कसलाई छ र फुर्सद यहाँ? सबै ब्यस्त 
बाठो हैन एउटा साथी, लाटो भए पुग्छ !!
 
देख्दिन भो सपना धेरै, घाम जून टाढा 
तारा सम्म झार्न मिल्ने, भाटो भए पुग्छ !!

बेबारीसे हुन नपरोस्, बाढी पहिरो जाँदा  
आफन्तीले चिन्ने चिन्नेगरी, टाटो भए पुग्छ !!

नदेओ ए आफन्त यो आफन्तलाई घाऊ 
कहिलेकाहिं चस्किरहने, खाटो भए पुग्छ !! 

गजल: उत्सब मनाउँछ राजधानी

हर दिन उत्सब मनाउँछ राजधानी
न जित न हार जनाउँछ राजधानी !!

कहिले केको खटिरा कहिले घाऊ 
लाजनिती लुत्तो कनाउँछ राजधानी !!

कहिले उल्लु कहिले जिल्ल जनता
खै केकेकेके पो बनाउँछ राजधानी !!

केको बसाइँ सर्छौ ए गाउँ बिर्सिएर !!
दोश आफ्नैलाई खनाउँछ राजधानी 

धन्न हो अहिले माक्सको बजार छ(मास्क) 
हैन भने त झनै गनाउँछ राजधानी !!

आफन्तका नितान्त राजनीतिक समसामयिक ५ मुक्तक

१,

भन्दै थियो साथी पनि, ह्या यो कस्तो राजनिती 

खुलामन्च हांस्दै भन्छ, ज्या यो कस्तो राजनीति  

टुप्पैमा पुगेकाको लाज, थाहा छैन केले ढाक्छ 

भन्नै पनि लाज लाग्ने, छ्या यो कस्तो राजनिती !!

२,

सहिदका सपना रद्दिको, डल्लो बनाए यहाँ 

कसरी भनौं लोकतन्त्र नै, झल्लो बनाए यहाँ  

कुलङ्घारहरुको दिनहुँको, रडाको र कचकच 

तीन बर्ष नपुग्दै संबिधान, खल्लो बनाए यहाँ !!

३,

देख्नु भयो नि ए दाजै, पारा छेपारेहरु'को 

जता ढल्क्यो डाली उतै, आरा बेसारेहरुको 

ढलिमली सत्ता उनैको, उनैको बसीबसी भत्ता  

के विश्वाश गर्नु र राजै, दारा चेपारेहरु'को ?? 

४,

न ईज्जत नै राखे काला, कोटको तिनले 

न भरोशा दिए जनताको, भोटको तिनले 

खै कस्ता मान्छे छिरेछिरे, सम्सदमा पनि 

केवल रङ्ग चिने ती राता, नोटको तिनले ।।   

५, 

भोलि कानुनका, किताब खोज्नेछन् जनताले 

अत्याचारमा छन्, निसाफ खोज्नेछन् जनताले 

के कति भ्रस्टचार गरे, के कति हिनामिना 

पक्कै एक दिन, हिसाब खोज्नेछन् जनताले !!

corona...

 हैट !

यो कस्तो अनुभूति
कहरै कहर
एस्तो लाग्छ
साक्ष्यात मृत्यु सामुन्ने छ।
मान्छे आफ्नै औंलाहरुसङ्ग तर्सिएका छन्
ऎना सङ्ग नजर जुधाउन सक्दैन्
अति सुक्ष्म भन्दा पनि सुक्ष्म
आँखाले देख्न नसकिने
"जीव"सङ्ग युद्धरत छन् मान्छे
आणविक भट्टिको धाक दिनेहरु कुरान पढ्दैछन्
संसार मेरो हो
संसार मेरो हुनुपर्छ भन्नेहरु
आफ्नै शहरमा बन्दी छन् ।
सुनका कट्टु लगाउछौं भन्नेहरु
मुखमा मौलो लगाएर गिर्जाघर धाउदैछन् ।
आखिर किन?
कहिले सम्म?
बिज्ञान एक बरदान भन्नेहरु
आफ्नै अनुसंधान कक्षहरुमा लडिरहेका छन् ।
कहिले अणुबमका लागि लडे तिनै
अहो! कस्तो भयाबह यो
यो कस्तो त्रास हो?
के साच्चै मृत्युको तान्डब चलेको छ यहाँ ?
यो कस्तो अनुभूति ??
साच्चै नै यमदूत छिरेको शहरमा?
हैन भने
यी जिवित मानबहरु किन एति भयभित देखिन्छन् ?
के आज भोलि र पर्सि मात्रको हो यो दुनियाँ ?
यो कस्तो अनुभूति ??

भन न ए सरकार, के 'म' तलाई खाँचो छ?

 भन न ए सरकार, के 'म' तलाई खाँचो छ?

तँ त मेरेर पनि बाँचेको सरकार परिस् 

तँलाई त के को अभाब छ र? 

अभाब त मलाई छ नि 

हो म तेरो भाषामा जनता 

अनि बुझाईमा एउटा माछे  

सार्वभौम भित्र परिचय हराएको मान्छे 

सिमाना भित्र देश हराएको मान्छे 

सडकमा सरकार हराएको मान्छे 

दस्ताबेजहरुमा सरोकार हराएको मान्छे 

आफु आँफैमा हराएको मान्छे, 

जति बेला तँ हराईस

शिन्हदरबार र बालुवाटारमा ।। 

भन न ए सरकार, के 'म' तलाई खाँचो छ?

म जिवित छु अझै र त 

म सङ्ग एक भोट छ 

भत्केको एक गोठ छ

कलेस्ती परेका ओठ छ 

म भरी चोट छ 

तँ सँग त कालो कोट छ 

तेरै हातमा एेन तेरै हातमा कानुन छ

म सङ्ग त नुन छैन चामल छैन 

न सवाल न जवाफ छन् 

तँ सङ्ग त सिङ्गो सरकार छ 

दरबार छ, 

मेरा बोलीमा तार लगाउँछस् 

किन कि तेरा बोली नारा बने ।। 

ति नारा जो अपुरा अधुरा अनि अस्पस्ट छन् 

चुनावका बेला देखाएका सपना छरपस्ट छन् । 


भन न ए सरकार, के 'म' तलाई खाँचो छ?

केवल म जिवित छु अझै 

मेरा अस्तित्व त हिजै मरिसके 

पहिचान त तैंले नै मारिसकिस। 

त्यसैले त ए सरकार, के 'म' तलाई खाँचो छ। 

म आँफैलाई जलाउन चाहन्छु, सलाई खाँचो छ ।। 

Sunday, March 7, 2021

एस्तै एस्तै छ हजुर

 चेतना भन्दा उत्तेजना धेरै 

बिवेक भन्दा आबेग धेरै 

तथ्य भन्दा तर्क धेरै 

क्रान्ति भन्दा भ्रान्ती धेरै 

एस्तै एस्तै छ हजुर 

यो देशको राजनीति 

गती भन्दा खती धेरै 

राषन भन्दा भाषन धेरै 

आनन्द भन्दा द्वन्द धेरै 

मेल भन्दा झेल धेरै 

एस्तै एस्तै छ हजुर 

यो देशको राजनीति 

काम भन्दा कुरा धेरै 

नाडी भन्दा चुरा धेरै 

अमन भन्दा दमन धेरै 

एेन भन्दा छैन धेरै 

एस्तै एस्तै छ हजुर 

यो देशको राजनीति 

जित भन्दा हार धेरै 

नदी भन्दा धार धेरै 

साधु भन्दा सैतान धेरै 

मानब भन्दा दानब धेरै

एस्तै एस्तै छ हजुर 

यो देशको राजनीति  

Tuesday, March 2, 2021

दिल थियो र त धड्किएको छ अझै

 दिल थियो र त धड्किएको छ अझै 

कसम कहाँकहाँ भड्किएको छ अझै


 

न झिक्न मिल्ने न देखाउन नै मिल्ने 

थाहा छैन कहाँं अड्किएको छ अझै


न राँची लैजाउँ न पाटन अस्पातल नै 

तनाबै तनाबमा सड्किएको छ अझै  


भेटिन्न जहाँं कहीँ आखिर दिल न हो 

आज भने यहिं खड्किएको छ अझै 

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...