Tuesday, May 3, 2022

बोल्नै भ्याईन अघि हतारमा थिएँ

बोल्नै भ्याईन अघि हतारमा थिएँ 
पूराना साथीसङ्ग म कतारमा थिएँ ।।

सुनेको थिएँ मोबाइल, बज्दै थियो
उठाउन सकिन सरी बजारमा थिएँ ।।

मिलोस पनि कसोरी फरक धारमा 
करोडौंमा खेल्नेसङ्ग हजारमा थिएँ !!  

अघि बढौ कि फर्कौ अन्योलमा छु
यात्रा अधुरो नै रह्यो संघारमा थिएँ ।।

न बोलायौ न हात दिएँ मैले उफ् 
तिमी माझ्धारमा म जंघारमा थिएँ !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...