Tuesday, May 3, 2022

बोल्नै भ्याईन अघि हतारमा थिएँ

बोल्नै भ्याईन अघि हतारमा थिएँ 
पूराना साथीसङ्ग म कतारमा थिएँ ।।

सुनेको थिएँ मोबाइल, बज्दै थियो
उठाउन सकिन सरी बजारमा थिएँ ।।

मिलोस पनि कसोरी फरक धारमा 
करोडौंमा खेल्नेसङ्ग हजारमा थिएँ !!  

अघि बढौ कि फर्कौ अन्योलमा छु
यात्रा अधुरो नै रह्यो संघारमा थिएँ ।।

न बोलायौ न हात दिएँ मैले उफ् 
तिमी माझ्धारमा म जंघारमा थिएँ !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...